एमाले व्यास नगरको निर्वाचन समिक्षा तथा क्यालेन्डर विमोचन

Devghat Online

शेयर गरौ

दमौली, बैशाख १६

नेकपा एमाले व्यास नगर कमिटिले उपनिर्वाचनको समिक्षा गरेको छ । नगर कमिटिको शनिबार बसेको बैठकमा उपनिर्वाचनमा व्यास नगरपालिकाका वडाबाट एमालेमा प्राप्त मतको समिक्षा तथा कमिकमजोरीहरुको बारेमा छलफल भएको थियो ।

विगतको निर्वाचनको भन्दा यसपटक व्यास नगरपालिकामा एमालेको मत निकै कमजोर आएको हुँदा अव आयन्दा दिनमा कमिकमजोरीहरु सुधार गरि पार्टीलाई थप मजबुद बनाउने विषयमा छलफल भएको बताईएको छ ।

नगर कमिटिका कार्यवहाक अध्यक्ष तुल्सीराम पाण्डेको अध्यक्षतामा सम्पन्न सो बैठकमा एमालेले दुई महिना सन्चालन गरेको मिसनग्रासरुट अभियानको बारेमा पनि समिक्षा गरिएको थियो ।

सो बैठकमा एमाले केन्द्रिय सल्लाहाकार परिषदका सदस्य एकबहादुर राना, प्रदेश कमिटिका सचिवालय सदस्य विष्णुभक्त सिग्देल, जिल्ला कमिटिका उपाध्यक्ष हरिराज कडेंल, सचिव राजेश्वर ढकाल लगायतले मन्तव्य राखेका थिए ।

सो अवसरमा व्यास नगर कमिटिले प्रकाशन गरेको भित्ते पात्राको एमालेका केन्द्रीय सल्लाहाकार रानाले विमोचन गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो