एमाले व्यास नगरको निर्वाचन समिक्षा तथा क्यालेन्डर विमोचन

Devghat Online

शेयर गरौ

दमौली, बैशाख १६

नेकपा एमाले व्यास नगर कमिटिले उपनिर्वाचनको समिक्षा गरेको छ । नगर कमिटिको शनिबार बसेको बैठकमा उपनिर्वाचनमा व्यास नगरपालिकाका वडाबाट एमालेमा प्राप्त मतको समिक्षा तथा कमिकमजोरीहरुको बारेमा छलफल भएको थियो ।

विगतको निर्वाचनको भन्दा यसपटक व्यास नगरपालिकामा एमालेको मत निकै कमजोर आएको हुँदा अव आयन्दा दिनमा कमिकमजोरीहरु सुधार गरि पार्टीलाई थप मजबुद बनाउने विषयमा छलफल भएको बताईएको छ ।

नगर कमिटिका कार्यवहाक अध्यक्ष तुल्सीराम पाण्डेको अध्यक्षतामा सम्पन्न सो बैठकमा एमालेले दुई महिना सन्चालन गरेको मिसनग्रासरुट अभियानको बारेमा पनि समिक्षा गरिएको थियो ।

सो बैठकमा एमाले केन्द्रिय सल्लाहाकार परिषदका सदस्य एकबहादुर राना, प्रदेश कमिटिका सचिवालय सदस्य विष्णुभक्त सिग्देल, जिल्ला कमिटिका उपाध्यक्ष हरिराज कडेंल, सचिव राजेश्वर ढकाल लगायतले मन्तव्य राखेका थिए ।

सो अवसरमा व्यास नगर कमिटिले प्रकाशन गरेको भित्ते पात्राको एमालेका केन्द्रीय सल्लाहाकार रानाले विमोचन गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भरतपुरको कमलादेवी मन्दिरमा शिव, पार्वतीको प्राणप्रतिष्ठा एवं पुजन महोत्सव हुने

चितवन, फागुन ३ भरतपुर मनपा–११ स्थित कमलादेवी मन्दिर प्राकृतिक आरोग्य केन्द्रमा यही फागुन ५ गतेदेखी

उपप्रधानमन्त्री पौडेल र नगर प्रमुख आचार्यलाई उच्च निगरानीमा उपचार गर्नुपर्छः कीर्तिपुर अस्पताल

काठमाडौं, फागुन ३ कीर्तिपुर अस्पतालले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा नगरका प्रमुख धनराज

सरकारले ल्याएको अध्यादेश पारित हुन्छः सञ्चारमन्त्री

काठमाडौं, फागुन ३ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले ल्याएका अध्यादेशहरू पारित हुने

मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित अझै भेटिएनन्

चितवन, फागुन ३ शुक्रबार नारायणगढ–मुग्लिङ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित राना अहिलेसम्म