साहित्यकारहरुद्वारा दमौलीमा रचना वाचन

Devghat Online

शेयर गरौ

दमौली, बैशाख १६

प्रथम राष्ट्रिय लेखक दिवसको अवसरमा शनिबार दमौलीमा रचना वाचन कार्यक्रमको आयोजना गरियो । सो कार्यक्रममा नेपाली लेखक संघका केन्द्रीय सदस्य गौकुमारी न्यौपानेले लेखक, साहित्यकारहरुको कलममा अभूतपूर्व शक्ति रहने हुनाले आफ्नो लेखनीलाई राष्ट्र, राष्ट्रियताको हितमा र विकृति विसङ्गतीका विरुद्धमा लगाउनु पर्ने बताईन् ।

नेपाली लेखक संघका केन्द्रीय प्रतिनिधि वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले २००८ सालमा विश्वेश्वरप्रसाद प्रसाद काईराला, लक्ष्मीप्रसाद देवकोटा ,गोविन्दवहादुर मल्ल गोठाले, विजय मल्ल लगायतको अथक प्रयासबाट स्थापित यस संस्थालाई शसक्त ढङ्गबाट अगाडी वनाउनु पर्नेमा जोड दिए ।

नेपाली लेखक संघ तनहूँका अध्यक्ष शंकरराज नहर्कीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा साहित्यकारहरु गौकुमारी न्यौपाने, मधुमाया घिमिरे, डा.लक्ष्मीकान्त चापागाई, चक्रवहादुर अधिकारी, श्यामलाल गोशली, कृष्णहरी गैह्रे, भवानी अधिकारी, संगम सापकोटा लगायतले रचना वाचन गरेका थिए ।

संघका सचिव अन्जना तिमल्सेनाले सहजीकरण गरेको उक्त कार्यक्रममा प्रदेश प्रतिनिधि विमल गिरी, सदस्य कल्पना आचार्य, अमरराज नहर्की, महेन्द्रराज शर्मालगायतले लेखक संघलाई कसरी अगाडी बढाउने भन्ने बारेमा सुझाबहरु दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट महा–महोत्सवमा राप्रपा अध्यक्ष लिङदेनः नेपाललाई हिन्दु राष्ट्र बनाएरै छाड्छौ

देवघाट, माघ २२ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाललाई हिन्दु राज्य बनाएरै छाड्ने बताएका