साहित्यकारहरुद्वारा दमौलीमा रचना वाचन

Devghat Online

शेयर गरौ

दमौली, बैशाख १६

प्रथम राष्ट्रिय लेखक दिवसको अवसरमा शनिबार दमौलीमा रचना वाचन कार्यक्रमको आयोजना गरियो । सो कार्यक्रममा नेपाली लेखक संघका केन्द्रीय सदस्य गौकुमारी न्यौपानेले लेखक, साहित्यकारहरुको कलममा अभूतपूर्व शक्ति रहने हुनाले आफ्नो लेखनीलाई राष्ट्र, राष्ट्रियताको हितमा र विकृति विसङ्गतीका विरुद्धमा लगाउनु पर्ने बताईन् ।

नेपाली लेखक संघका केन्द्रीय प्रतिनिधि वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले २००८ सालमा विश्वेश्वरप्रसाद प्रसाद काईराला, लक्ष्मीप्रसाद देवकोटा ,गोविन्दवहादुर मल्ल गोठाले, विजय मल्ल लगायतको अथक प्रयासबाट स्थापित यस संस्थालाई शसक्त ढङ्गबाट अगाडी वनाउनु पर्नेमा जोड दिए ।

नेपाली लेखक संघ तनहूँका अध्यक्ष शंकरराज नहर्कीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा साहित्यकारहरु गौकुमारी न्यौपाने, मधुमाया घिमिरे, डा.लक्ष्मीकान्त चापागाई, चक्रवहादुर अधिकारी, श्यामलाल गोशली, कृष्णहरी गैह्रे, भवानी अधिकारी, संगम सापकोटा लगायतले रचना वाचन गरेका थिए ।

संघका सचिव अन्जना तिमल्सेनाले सहजीकरण गरेको उक्त कार्यक्रममा प्रदेश प्रतिनिधि विमल गिरी, सदस्य कल्पना आचार्य, अमरराज नहर्की, महेन्द्रराज शर्मालगायतले लेखक संघलाई कसरी अगाडी बढाउने भन्ने बारेमा सुझाबहरु दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पसमा होटल व्यवस्थापन अध्यापनकोलागि सम्भाव्यता अध्ययन

तनहुँ । असार १५ आदिकवि भानुभक्त क्याम्पसमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत होटल व्यवस्थापन विषय

‘श्वेतशार्दुल’ का लेखक राईलाई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ प्रदान

काठमाडौं । असार १४ मदन भण्डारी फाउण्डेसनले यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ लेखक तथा

उर्जामन्त्री श्रेष्ठले गरे कालिका कालीगण्डकी जलविद्युत आयोजनाको निरिक्षण

देवघाट । असार १३ उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले देवघाट गाउँपालिका–५ को साँढेबगरमा निर्माणाधिन

समाजसेवी देवकोटाद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई स्टेशनरी सामग्री सहयोग

विष्णु मगर । देवघाट, असार १३ काठमाडौं निवासी व्यवसायी तथा समाजसेवी सुष्मा देवकोटाले देवघाट गाउँपालिका–४