भानुमा विव्यस अध्यक्षहरुको लागि क्षमता विकास तालिम सम्पन्न

Devghat Online

शेयर गरौ

दमौली, बैशाख १६

भानु नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा शिक्षक अभिभावक संघका अध्यक्षहरूको लागि दुई दिने क्षमता विकास तालिम शनिबार सम्पन्न भयो । भानु नपा–२ नारेश्वरटार स्थित होमराज लोहनी शारदा शिक्षा सदन माविमा आयोजित सो कार्यक्रम मुख्यगरी सामुदायिक विद्यालय सुधारका लागि विव्यवस र शिअसंघ लगायत शैक्षिक सरोकारवालाहरूको सहभागिता र अपनत्व बढाउने उद्देश्यले आयोजना गरिएको थियो ।

सो कार्यक्रममा विव्यस र शिअसंघको काम, कर्तव्य र अधिकारको बोध गराउँदै विद्यालय स्तरीय विभिन्न योजना निर्माण र कार्यान्वयनमा अभिभावकहरूको सहभागिता बढाई उनीहरूलाई विद्यालय प्रति थप जिम्मेवार र उत्तरदायी बनाउने रणनीतिको बारेमा छलफल गरिएको थियो । साथै विद्यार्थी भर्ना कार्यक्रमलाई थप प्रभावकारी बनाउन, विद्यालय सुधार योजना लगायत सामाजिक परीक्षण र सुशासन कायम गर्नका लागि समेत यस कार्यक्रमले सकारात्मक प्रभाव पार्ने अपेक्षा लिइएको छ ।

सो कार्यक्रममा भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले आगामी दिनमा अभिभावकहरूबाट उठाइएका शैक्षिक सबालहरूलाई स्थानीय सरकारको नीति, योजना, कार्यक्रम र बजेटबाट सम्बोधन गरिने प्रतिवद्धता समेत व्यक्त गरे । तालिम समापन सत्रमा भानु नगरपालिकाका नगर उप–प्रमुख उमा गोतामेले नगरको आन्तरिक स्रोतले भ्याएसम्म शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर सम्बोधन गरिने कुरा बताईन् ।

सो तालिमको समापन सत्रमा अभिभावकहरूसँग व्यापक रूपमा शैक्षिक अन्तरक्रिया समेत गरिएको थयो । यस क्रममा विद्यालय सुधारका लागि स्थानीय सरकारले चाल्नुपर्ने विविध कदमहरू र अख्तियार गर्नुपर्ने नीति र योजनाका बारे सुझाव दिइएको थियोे भने विभिन्न मागहरू समेत राखिएको थियो । कार्यक्रममा अध्यक्ष तथा अभिभावकहरूबाट उठाइएका विभिन्न जिज्ञासाहरूको नगर प्रमुख त्रिपाठी र नगर शिक्षा अधिकारी ध्रुवराज पौडेल र शिक्षा अधिकृत सरस्वती गुरूङ ढकालले जवाफ दिएका थिए ।

यसअघि उक्त कार्यक्रममा चैत्र २९ र ३० गते चोक मावि केन्द्रमा र बैशाख ३ र ४ गते चन्द्रावती मावि चुँदीमा सम्पन्न भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पसमा होटल व्यवस्थापन अध्यापनकोलागि सम्भाव्यता अध्ययन

तनहुँ । असार १५ आदिकवि भानुभक्त क्याम्पसमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत होटल व्यवस्थापन विषय

‘श्वेतशार्दुल’ का लेखक राईलाई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ प्रदान

काठमाडौं । असार १४ मदन भण्डारी फाउण्डेसनले यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ लेखक तथा

उर्जामन्त्री श्रेष्ठले गरे कालिका कालीगण्डकी जलविद्युत आयोजनाको निरिक्षण

देवघाट । असार १३ उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले देवघाट गाउँपालिका–५ को साँढेबगरमा निर्माणाधिन

समाजसेवी देवकोटाद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई स्टेशनरी सामग्री सहयोग

विष्णु मगर । देवघाट, असार १३ काठमाडौं निवासी व्यवसायी तथा समाजसेवी सुष्मा देवकोटाले देवघाट गाउँपालिका–४