देवघाटमा नदीजन्य सामाग्रीको अत्याधिक दोहन, जनप्रतिनिधिको मिलेमतोको आशंका

Devghat Online

शेयर गरौ

तनहुँ, बैशाख १७

तनहुँको देवघाट गाउँपालिकामा खोला तथा नदीजन्य सामाग्रीहरुको अत्याधिक दोहन भईरहेको स्थानीयले आरोप लगाएका छन् । वडा नम्बर ५ मा रहेका क्वादी खोला, चापखोला, भुवनटार तथा साँढेबगर क्षेत्रमा ढुंगा, गिट्टी र बालुवाको अत्याधिक दोहन भईरहेको स्थानीय बासिन्दाहरुले बताएका छन् । स्थलगत निरिक्षण गर्दा समेत उक्त दोहन सहजै देख्न सकिन्छ ।

नदीजन्य सामाग्रीको उत्खनन सम्बन्धी सम्झौतामा जेसीभी र एक्साभेटरको प्रयोग गर्न नपाउने कुरा उल्लेख गर्नु पर्ने हुन्छ । तर देवघाटमा भने खुलेआम जेसीभी र एक्साभेटरको प्रयोग भईरहेको छ । सम्झौतामा उल्लेखित परिमाण भन्दा पनि कयौं गुणा धेरै परिमाणमा नदीजन्य सामाग्रीको उत्खनन र निकासी भईरहेको नेकपा एमाले देवघाट गाउँ पालिका कमिटिका अध्यक्ष केशवचन्द्र न्यौपानेले बताए ।

न्यौपानेले विहिबार पार्टीको तर्फबाट विज्ञप्ति प्रकाशित गरि देवघाट गाउँपालिकाले लगाएको ढुङ्गा, गिट्टी बालुवा जस्ता नदीजन्य सामग्रीको ठेक्का प्रक्रियाको प्राविधिक प्रतिबेदन तथा ठेक्का सम्झौता सार्वजानिक गर्न माग गरेका छन् । न्यौपानेले सर्वाेच्च अदालतले रोक लगाएको कालिगन्डकी नदीबाट अबैधरुपमा नदीजज्य सामाग्रीको दोहन भएको तथा अन्य खोला तथा नदीहरुमा पनि सम्झौता भएको परिमाण भन्दा धेरै परिमाणमा नदीजन्य सामाग्रीको उत्खनन भईरहेको भन्दै सो उत्खनन सम्बन्धी सम्झौता देवघाटबासी समक्ष सार्वजनिक गर्न माग गरेका हुन् । न्यौपानेले व्यवसायी र जनप्रतिनिधिको मिलेमतोमा अबैधरुपमा नदीजन्य सामाग्रीको उत्खनन र निकासी भईरहेको आरोप लगाए ।

देवघाटका नदी तथा खोलाहरु चुरे संरक्षित क्षेत्र भित्र पर्ने हुँदा उक्त क्षेत्रमा गाउँपालिकाले आफुखुसी ठेक्का लगाउन नपाउने देवघाट क्षेत्र विकास समितिका पुर्व अध्यक्ष शिवराज पौडेलले बताए । उक्त उत्खनन रोक्न आफुहरुले पटक पटक ध्यानाकर्षण गराएपनि सुनुवाई नभएको उनले बताए ।

यता देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले भने नदीजन्य सामाग्रीको उत्खननमा जनप्रतिनिधिको पनि मिलेमतो भएको भन्ने आरोप अस्विकार गरेका छन् । गाउँपालिकाले कार्यपालिकाको बैठकको निर्णयबाट वातावरणीय प्रभाव मुल्यांकन प्रतिबेदनको आधारमा नै नदीजन्य सामाग्रीको उत्खनन सम्बन्धी ठेक्का लगाईएको बताए ।

चापखोला र क्वादीखोलामा २६ हजार घनमिटर र भुवनटारमा २४ हजार घनमिटर मात्रै उत्खनन गर्ने सम्झौता भएको भन्दै अध्यक्ष थापाले उक्त परिमाणको सामाग्री उत्खनन भईसकेपछि जुनसुकै बेलामा पनि उत्खनन कार्यमा रोक लगाईने बताए । जेठ मसान्तपछि उत्खननमा रोक लगाईने भएको हुँदा यो विचमा सम्झौता अनुसारको परिमाणको सामाग्री उत्खननकोलागि जेसीभी र एक्साभेटर प्रयोग गर्नुलाई अन्याथा लिन नहुने अध्यक्ष थापाले बताए ।

‘मान्छेले बेल्चा र गैंटीको प्रयोग गरेर त्यती धेरै सामाग्री जम्मा गर्न कठिनाई हुने रहेछ’ अध्यक्ष थापाले भने ‘त्यही भएर सम्झौतामा पनि आवश्यक परिमाणको सामाग्री उत्खनन गर्नकोलागि जेसीभी प्रयोग गर्न सकिने उल्लेख गरिएको छ ।’ साथै कतिपय ठेक्का लागेको नदी क्षेत्रमा जाने बाटो पनि नहुँदा ठेकेदारले नै जेसीभी प्रयोग गरेर बाटो बनाएर नदीसम्म पहुँच पु¥याएको विषयलाई पनि केहीले राजनीतिकरण गरेको अध्यक्ष थापाको भनाई छ । (लोकवाणी दैनिकबाट)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि क्याम्पस र एकदेव प्रतिष्ठानबीच अन्तरक्रिया सम्पन्नः समावेशी र डिजिटल पुस्तकालय निर्माणमा सहकार्य गरिने

तनहुँ । साउन १० व्यास नपा–१ स्थित आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच

तनहुँ–२ का सांसद न्यौपानेद्वारा ३ महिनामा ४२ वटा जनसंवाद, श्रावण १ देखि ‘विकास संवाद’ सुरु

तनहुँ । साउन १० तनहुँ क्षेत्र नम्बर २ का सांसद इन्जिनियर श्रीराम न्यौपानेले निर्वाचनका क्रममा

चौतर्फी आलोचनापछि दुलेगौँडा–हर्कपुर सडक मर्मत, स्थानीयद्वारा श्रमदान

तनहुँ । साउन १० दुलेगौँडा–हर्कपुर मोटरमार्गअन्तर्गत शुक्लागण्डकी नगरपालिका वडा नम्बर ३ उदेनढुंगामा बिग्रिएर बिजोग बनेको

आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच समझदारीः शिक्षा, अनुसन्धान र पठन संस्कृतिमा सहकार्य हुने

तनहुँ । साउन ८ उच्च शिक्षा संस्था र सामुदायिक संस्थाबीचको सहकार्यलाई संस्थागत, प्रभावकारी तथा दीर्घकालीन