एमाले तनहुँको बैठकमा मिसन ग्रासरुट अभियानको समिक्षा

Devghat Online

शेयर गरौ

दमौली, बैशाख १७

नेकपा एमाले जिल्ला कमिटि तनहुँको बैठक आईतबार दमौलीमा सम्पन्न भयो । जिल्ला पार्टी कार्यालयमा भएको सो बैठकमा एमालेले दुई महिनासम्म सन्चालन गरेको मिसन ग्रासरुट अभियानको बारेमा विस्तृत समिक्षा गरिएको थियो ।

मिसन ग्रासरुट अभियानको उपलब्धी, पार्टी संगठन निर्माण, सदस्यता नविकरण तथा नयाँ सदस्यता, पार्टी प्रवेश लगायतका विषयमा बैठकमा स्थानीय तहका पार्टी कमिटिका अध्यक्षहरुले विस्तृत प्रतिबेदन प्रस्ततु गरेका थिए ।

बैठकमा सदस्यहरुले हालै सम्पन्न उपनिर्वाचनको समिक्षा हुने अपेक्षा गरेपनि बैठकमा उपनिर्वाचनको समिक्षा भने भए । उपनिर्वाचन तनहुँ क्षेत्र नम्बर १ मा भएकोले पहिला उपनिर्वाचन भएका स्थानीय तहका वडा तथा स्थानीय तह कमिटिहरुबाट विस्तृत समिक्षा गरेर निर्वाचन क्षेत्रीय समन्वय कमिटिको बैठकमा त्यसबारेमा विस्तृत समिक्षा रिर्पाेट जिल्ला कमिटिमा पेश गरेपछि मात्र आगामी जिल्ला कमिटिको बैठकमा उपनिर्वाचनको बारेमा समिक्षा गरिने एमाले जिल्ला सचिव राजेश्वर ढकालले बताए ।

जिल्ला कमिटिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा आयोजित बैठकमा एमाले केन्द्रीय सदस्य सिमा क्षेत्री, केन्द्रीय सदस्य सविता रसाईली, केन्द्रीय सल्लाहाकार एकबहादुर राना, गन्डकी प्रदेश कमिटिका सचिव धनन्जय दवाडी, प्रदेश सचिवालय सदस्य केदार सिग्देल लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू