जिफन्टको आयोजनामा मजदुर दिवस मनाईयो

Devghat Online

शेयर गरौ

दमौली, बैशाख १८

१३४ औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को आयोजनामा सोमबार र्याली सहितको कार्यक्रम आयोजना गरियो । उद्योग बाणिज्य संघको हलबाट सुरु भएको मजदुरहरुको र्याली दमौलीका विभिन्न भागको परिक्रमा गरि पुनः सोही ठाउँमा पुगी सभामा परिणत भएको थियो ।

सभालाई नेकपा एमाले गन्डकी प्रदेश कमिटिका सचिवालय सदस्य तथा निवर्तमान सांसद केदार सिग्देल, नेकपा एमाले जिल्ला कमिटिका सचिव राजेश्वर ढकाल, एमाले जिल्ला सचिवालय सदस्य तथा मजदुर फाँट इन्चार्ज इन्द्र थापा, क्युपेक नेपालका केन्द्रिय उपमहासचिव सोमबहादुर आले, क्युपेकका जिल्ला अध्यक्ष बमबहादुर थापा, नेपाल स्वरोजगार व्यापार श्रमिक संघ व्यास नगर कमिटिका अध्यक्ष विष्णु नेपाली लगायतले सम्बोधन गरेका थिए ।

जिफन्टका जिल्ला अध्यक्ष भिम गुरुङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष अर्जुन सुनारले र सन्चालन सचिव नविन थापाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो