भिरबाट लडी एक जनाको मृत्यु

Devghat Online

शेयर गरौ

दमौली, बैशाख १८

गत बैशाख १६ गते भिरबाट लडेका ऋषिङ गाउँपालिका–७ बाजगराका ५३ बर्षिय कृष्णकुमार थापाको सोमबार मृत्यु भएको छ । गत बैशाख १६ गते सदरमुकाम दमौली आई आँखा सम्बन्धि उपचार गराई घर फर्किएका थापा राती १०ः३० बजेको समयमा घरदेखी नजिकै रहेको चण्डि भयर सामुदायिक बनको गोरेटो बाटोको भिरमा लडेका थिए ।

करिब १ सय मिटर तल पल्टिई भिरमा रहेको झङ्कलेको रुखमा अड्किएको अवस्थामा आईतबार बिहान गाउँलेहरुले फेला पारी प्रहरी चौकी रिसिङ मार्फत जिल्ला प्रहरी कार्यालय तनहुँमा जानकारी प्राप्त हुनासाथ प्रहरी निरिक्षक राजकुमार विकको नेतृत्वमा खटिएको जिल्ला प्रहरी कार्यालय र गण्डकी प्रदेश प्रहरी गण पोखराबाट खटिएको बिपद् उद्धार टोलीले गाउँलेहरुको सहयोगमा तिन घन्टाको प्रयासमा थापालाई भिरबाट निकालेको थियो । तर उद्धार गर्नु अघि नै थापाको मृत्यु भईसकेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मोहनबहादुर खाँणले बताए ।

उक्त घटनाको प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी लास पोष्टमार्टमको लागी दमौली अस्पतालको शव गृहमा राखिएको, उक्त घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको डिएसपी खाँणले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, म्याग्दे गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउने गरि काम भईरहेको छः अध्यक्ष श्रेष्ठ

तनहुँ । चैत ११ म्याग्दे गाउँपालिका तनहुँको आयोजनामा चालु आ.व. २०८१÷०८२ को दोश्रो चौमासिकको सार्वजनिक