दमौली, बैशाख १८
व्यास नपा–४ बागबजार स्थित दमौली पार्टि प्यालेसको पर्खाल भत्काउँदा च्यापिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवघाट गाउँपालिका–३ छिपछिपेका ३२ बर्षिय भिम बहादुर गुरुङ रहेका छन् ।



पर्खाल भत्काउँदै गर्दा उक्त पर्खालले च्यापिएर शनिबार बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको उपचारको क्रममा दमौली अस्पतालमा मृत्यु भएको र उक्त घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।