दमौली, बैशाख १९
व्यास नगरपालिका–१० विपी भञ्ज्याङ्ग निवासी २० वर्षिय राममाया विक र उहाँको ४ वर्षको छोरा लप्सन विक १५ दिनदेखि बेपत्ता भएका छन् । लामो समयदेखि वेपत्ता भएपछि परिवारजन तनावमा छन् ।
राममायाको श्रीमान लोकबहादुर विकले वैशाख ३ गते विहान देखि घर नआएको माईती घर तथा आफन्तकोमा खोजी गर्दा पनि फेला नपरेको बताए । पत्नि र छोराको खोजीका लागि प्रहरी कार्यलय तनहुँमा जाहेरी दिए पनि कुनै खबर नआएको विकले बताए । भारतको रोजगारीमा रहनु भएका विक श्रीमती हराएको खबर आएपछि नेपाल फर्किएका थिए ।
विकले वेपत्ता परिवारको खेजी गरिदिन अनुरोध गरेका छन् । आफ्ना लगायत सबै तिर खोजी गर्दा पनि पत्नि र छोराको पत्तो नलागेपछि उनले प्रहरी, नागरिक समाज र पत्रकारलाई परिवारको खोजी गरिदिन अनुरोध गरेका हुन् ।