व्यवसायीक समस्या समाधान हुन्छः मन्त्री रिजाल

Devghat Online

शेयर गरौ

देवघाट अनलाईन

चितवन वैशाख २२ ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्योगी व्यवसायीको समस्या समाधानका लागि सरकारले उच्च प्राथमिकता दिएको बताउनु भएको छ । भरतपुरमा आजबाट शुरु भएको सातौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी उद्घाटन कार्यक्रममा मन्नी रिजालले उक्त कुरा बताउनुभएको हो ।

कार्यक्रममा मन्त्री रिजालले कोभिड–१९ सङ्क्रमण, युक्रेन र रसियाको युद्धका कारण समस्या देखिएको बताउँदै उद्योगीको समस्या समाधानका लागि सरकारले बजेटमा विभिन्न कार्यक्रम ल्याउन लागेको बताउनु भएको थियो । उद्यमशिलता विकास र औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग गर्ने उद्देश्यले चितवनका उद्योगीहरुको छाता संस्थाको रुपमा रहेको चितवन उद्योग संघको आयोजना, संघको केन्द्रीय छाता संस्था नेपाल उद्योग परिसंघको प्रवद्र्धनमा प्रदर्शनी सञ्चालनमा आएको हो ।

प्रर्दशनीमा नेपाली उद्यमीहरुलाई नयाँ प्रविधिवारे जानकारी गराउँदै युवाहरुलाई उद्यमशिलतामा प्रोत्साहन गर्ने चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले बताउनु भयो । नयाँ प्रविधि हस्तान्तरणको वातावरण सृजना हुने कँडेलको भनाई छ ।

वैशाख २४ गतेसम्म हुने प्रदर्शनीमा देशका विभिन्न जिल्लाका तथा विदेशी स्टलहरु समेत १५० भन्दा बढी स्टलहरु रहेका छन् । जसमा औद्योगिक मेशिनरी, प्रविधिसहित निर्माणजन्य, कृषिजन्य, अटोमोबाइल, फर्निचर, इन्जिनियरिङ, मेटल, प्रिन्टिङ, प्याकेजिङ, प्लास्टिक, फुड एण्ड बेभरेज तथा अन्य सेवामूलक उद्योगहरुको उत्पादनको प्रदर्शनीमा राखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पसमा होटल व्यवस्थापन अध्यापनकोलागि सम्भाव्यता अध्ययन

तनहुँ । असार १५ आदिकवि भानुभक्त क्याम्पसमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत होटल व्यवस्थापन विषय

‘श्वेतशार्दुल’ का लेखक राईलाई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ प्रदान

काठमाडौं । असार १४ मदन भण्डारी फाउण्डेसनले यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ लेखक तथा

उर्जामन्त्री श्रेष्ठले गरे कालिका कालीगण्डकी जलविद्युत आयोजनाको निरिक्षण

देवघाट । असार १३ उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले देवघाट गाउँपालिका–५ को साँढेबगरमा निर्माणाधिन

समाजसेवी देवकोटाद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई स्टेशनरी सामग्री सहयोग

विष्णु मगर । देवघाट, असार १३ काठमाडौं निवासी व्यवसायी तथा समाजसेवी सुष्मा देवकोटाले देवघाट गाउँपालिका–४