व्यास सहकारीको सामाजिक लेखा परिक्षण कार्यक्रम सम्पन्न

Devghat Online

शेयर गरौ

दमौली, बैशाख २३

व्यास नपा–३ दमौलीमा कार्यालय रहेको व्यास वचत तथा ऋण सहकारी संस्थाको आयोजनामा शनिबार सामाजिक लेखा परिक्षण कार्यक्रम सम्पन्न भएको छ । ‘उद्यमी सदस्य, प्रविधिमैत्री, सशासनयुक्त र सवल वित्तीय सहकारी’ भन्ने मुल नाराका साथ स्थापना भएको उक्त सहकारीले २०७९ साउन देखी चैत्र १५ गतेसम्मको गतिविधिको बारेमा जानकारी दिने उद्देश्यले सामाजिक लेखा परिक्षण आयोजना गरिएको हो ।

कार्यक्रममा संस्थाका अध्यक्ष प्रदिपराज अधिकारीले २०७९ श्रावण देखि चैत्र मसान्त सम्मको आर्थिक अवस्था र संस्थाले गरेको गतिविधिका वारेमा प्रकाश पारेका थिए । जसमा शेयर पुजी हिसाव अन्र्तगत ६ करोड ७४ लाख ७८ हजार ८ सय, साधारण जगेडा हिसाव अन्र्तगत १ करोड ५९ लाख २४ हजार ५ सय १०, अन्य कोषहरुको हिसावमा ४८ लाख १४ हजार अठहत्तर, वचत निक्षेप हिसावमा १४ करोड ३५ लाख ६ हजार ६ सय पन्ध्र, भुक्तानी दिनुपर्नेमा ८ लाख १५ हजार दुई सयम छपन्न, व्याज मुल्तवीमा ८३ लाख ५२ हजार सात सय पन्ध्र, ऋण सुरक्षण कोषमा ८७ लाख ७१ हजार छ सय तेईस, आय व्ययमा ८७ लाख ३६ हजार पाँच सय पचार रुपैया रहेको छ ।

यसैगरि आयको अवस्थामा ऋण लगानीवाट प्राप्त आम्दानीमा २ करोड २४ लाख ६२ हजार चार सय वाउन्न, अन्य लगानीवाट प्राप्त आम्दानीमा १३ लाख तीन सय चौवालिस, शेयर लगानीवाट प्राप्त आम्दानीमा ३ लाख ८२ हजार सात सय अन्ठाउन्न, अन्य आम्दानीमा १० लाख ९७ हजार छ सय नव्वे देखिएको छ ।

सम्पति तर्फ नगद मौज्दातमा २ लाख ७८ हजार चार सय सैतिस, वैक हिसावमा २ करोड ७१ लाख ६१ हजार एक सय तीन, लगानीमा रहेको हिसावमा २ करोड ३२ लाख ३६ हजार, सदस्यलाई दिएको ऋण हिसावमा १८ करोड ४२ लाख १५ हजार पाँच सय वत्तिस, स्थिर सम्पति समान हिसावमा १ करोड ३१ लाख ९७ हजार तीन सय अड्सठी, अन्य सम्पतिमा १ करोड ३ लाख ११ हजार सात सय आठ रुपैया रहेको छ ।

यसैगरि खर्च तर्फ वित्तिय लागत व्याजमा ९६ लाख ६३ हजार सात सय वीस, प्रशासनिक खर्चमा २६ लाख ८ हजार तेत्तिस, डुवन्त ऋणको लागी व्यवस्थामा १७ लाख ७४ हजार सात सय पचास, अन्य खर्चमा २४ लाख ६० हजार एक सय त्रियानव्वे रुपैया रहेको छ ।

संस्थाको शेयरसदस्यहरुको रोहवरमा गरिएको लेखा परिक्षण कार्यक्रमममा संस्थाको गतिविधिलाई थप प्रविधियुक्त वनाउन मोवाईल एप र क्यू आर कोडका पनि सार्वजनिक गरिएको थियो । लेखा परिक्षण कार्यक्रमममा शेयर सदस्यहरुले राखेको जिज्ञाशाहरुलाई अध्यक्ष प्रदिपराज अधिकारी, उपाध्यक्ष प्रेम प्रसाद पौडेलले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भानु जयन्तीको अवसरमा चुँदी रम्घामा विशेष कार्यक्रम, भानु जन्मस्थलको विकासकोलागि पहल गर्ने सांसद न्यौपानेको प्रतिबद्धता

दमौली, असार २९ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्मजयन्तीको अवसरमा शनिबार देश तथा

आज भानु जयन्ती मनाईदै

दमौली, असार २९ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्मजयन्ती आज देश तथा विदेशका

देवघाट गाउँपालिका आफ्नै भवनमा सर्ने प्रक्रिया सुरु, सुभसाईत पारी रुद्राभिषेक र अग्निस्थापना

देवघाट, असार २७ देवघाट गाउँपालिका आफ्नै भवनमा सर्ने प्रक्रिया सुरु भएको छ । वडा नम्बर