चितवन, बैशाख २४
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले चितवनका सफल व्यवसायी शंकर कँडेलको मृत्युपछि आफू उनको परिवारसँग निरन्तर संवादमा रहेको बताएका छन् । प्रशासनसँग पनि निरन्तर समन्वयमा रहेको उनले उल्लेख गरेका छन् । अनुसन्धानमा कुनै कमी नहोस् भनेर निरन्तर खबरदारी गरिरहेको उनले आइतबार दिउँसो फेसबुक स्ट्याटसमार्फत जानकारी गराएका छन् ।
घटनामा राजनीतिको रङ नपोतियोस् भनेर आफू सचेत रहेको उनले बताएका छन् । आफू सत्य, न्याय र पीडितको पक्षमा रहेको उनले खुलाएका छन् । प्रहरी प्रशासनलाई घटनाको अनुसन्धानमा कसैले प्रभावित नपारोस् भनेर घच्घच्याइरहेको उनको भनाइ छ । चितवनले एउटा असल मानिस गुमाएको भन्दै उनले दुःख व्यक्त गरेका छन् । चितवनका सफल व्यवसायी शंकर कंडेल आत्महत्या प्रकरणमा म परिवारसँग निरन्तर संवादमा छु, प्रशासनसँग निरन्तर समन्वयमा छु ।
अनुसन्धानमा कुनै कमी नहोस् भनेर निरन्तर खबरदारी गरिरहेको छु । घटनामा राजनीतिको रङ नपोतियोस् भनेर सचेत छु । म सत्य, न्याय र पीडितको पक्षमा छु । प्रहरी प्रशासनलाई घटनाको अनुसन्धानमा कसैले प्रभावित नपारोस् भनेर घच्घच्याइरहेको छु,” उनले लेखेका छन्, “आर्थिक समस्यासँग लडिरहेको चितवनमा बन्द, हड्ताल केही नहोस् भनेर संयमपूर्वक सबै घटनाक्रमलाई नजिकबाट नियालिरहेको छु ।
म जिम्मेवार जनप्रतिनिधिको भूमिका निरन्तर निर्वाह गरिरहेको छु । चितवनले एउटा असल मानिस गुमाएकोमा अत्यन्तै दुःखी छु । परिवारलाई सहन सक्ने शक्ति मिलोस् भनी निरन्तर प्रार्थना गरिरहेको छु ।”