शंकर कँडेल मृत्यु प्रकरणः रवि लामिछाने भन्छन् अनुसन्धानमा कुनै कमी नहोस्

Devghat Online

शेयर गरौ

चितवन, बैशाख २४

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले चितवनका सफल व्यवसायी शंकर कँडेलको मृत्युपछि आफू उनको परिवारसँग निरन्तर संवादमा रहेको बताएका छन् । प्रशासनसँग पनि निरन्तर समन्वयमा रहेको उनले उल्लेख गरेका छन् । अनुसन्धानमा कुनै कमी नहोस् भनेर निरन्तर खबरदारी गरिरहेको उनले आइतबार दिउँसो फेसबुक स्ट्याटसमार्फत जानकारी गराएका छन् ।

घटनामा राजनीतिको रङ नपोतियोस् भनेर आफू सचेत रहेको उनले बताएका छन् । आफू सत्य, न्याय र पीडितको पक्षमा रहेको उनले खुलाएका छन् । प्रहरी प्रशासनलाई घटनाको अनुसन्धानमा कसैले प्रभावित नपारोस् भनेर घच्घच्याइरहेको उनको भनाइ छ ।  चितवनले एउटा असल मानिस गुमाएको भन्दै उनले दुःख व्यक्त गरेका छन् । चितवनका सफल व्यवसायी शंकर कंडेल आत्महत्या प्रकरणमा म परिवारसँग निरन्तर संवादमा छु, प्रशासनसँग निरन्तर समन्वयमा छु ।

अनुसन्धानमा कुनै कमी नहोस् भनेर निरन्तर खबरदारी गरिरहेको छु । घटनामा राजनीतिको रङ नपोतियोस् भनेर सचेत छु । म सत्य, न्याय र पीडितको पक्षमा छु । प्रहरी प्रशासनलाई घटनाको अनुसन्धानमा कसैले प्रभावित नपारोस् भनेर घच्घच्याइरहेको छु,” उनले लेखेका छन्, “आर्थिक समस्यासँग लडिरहेको चितवनमा बन्द, हड्ताल केही नहोस् भनेर संयमपूर्वक सबै घटनाक्रमलाई नजिकबाट नियालिरहेको छु ।

म जिम्मेवार जनप्रतिनिधिको भूमिका निरन्तर निर्वाह गरिरहेको छु । चितवनले एउटा असल मानिस गुमाएकोमा अत्यन्तै दुःखी छु । परिवारलाई सहन सक्ने शक्ति मिलोस् भनी निरन्तर प्रार्थना गरिरहेको छु ।”

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पसमा होटल व्यवस्थापन अध्यापनकोलागि सम्भाव्यता अध्ययन

तनहुँ । असार १५ आदिकवि भानुभक्त क्याम्पसमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत होटल व्यवस्थापन विषय

‘श्वेतशार्दुल’ का लेखक राईलाई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ प्रदान

काठमाडौं । असार १४ मदन भण्डारी फाउण्डेसनले यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ लेखक तथा

उर्जामन्त्री श्रेष्ठले गरे कालिका कालीगण्डकी जलविद्युत आयोजनाको निरिक्षण

देवघाट । असार १३ उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले देवघाट गाउँपालिका–५ को साँढेबगरमा निर्माणाधिन

समाजसेवी देवकोटाद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई स्टेशनरी सामग्री सहयोग

विष्णु मगर । देवघाट, असार १३ काठमाडौं निवासी व्यवसायी तथा समाजसेवी सुष्मा देवकोटाले देवघाट गाउँपालिका–४