देवघाटमा श्रीमद्भागवत ज्ञान महायज्ञ सुरु

Devghat Online

शेयर गरौ

देवघाट, बैशाख २४

श्री जगतगुरु रामानुज धर्मशाला कर्मबराह गणेश नारायणी शालिग्राम मन्दिरको आयोजनामा शनिबारदेखी देवघाटधाममा श्रीमद् भागवत माहापुरा सप्ताह ज्ञानमहायज्ञ शनिबारबाट सुरू भएको छ । महायज्ञको शुभारम्भको अघि धर्मशालाबाट बेणी संगमसम्म बाजागाजा सहित कलश यात्रा गरी सुरू गरियो ।

कलश यात्रा लगत्तै धर्मशालामा भजन कृतन गरेर महायज्ञ सुरू गरिएको रामानुज धर्मशालाका संरक्षक गोपाल रिजाल (शालिग्राम बाबा) ले बताए । रिजालका अनुसार महायज्ञमा पिठाधिस रामानुजा आचार्य भारद्वाजले कथा वाचन गर्नेछन् ।

महायज्ञ आफ्ना पितृहरूको आत्माको कल्याण होस्, मच्छे हुन भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको रिजालले बताए । महायज्ञमा हरिहर आश्रम, गलेश्वर आश्रम, महेश सन्याश आश्रम लगायत देवघाटका विभिन्न आश्रमका पिठाधिसहरू र छिमेकी जिल्ला चितवन र नवलपुरमा रहेका आश्रमका पिठाधिस लगायतको उपस्थिती रहेको छ । बैशाख ३० गते सम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट स्केटपार्कसँग देवघाटधाम जेसीजबीच कर्पोरेट समझदारी, सदस्यहरूलाई खेल शुल्कमा ३५ प्रतिशत छुट

देवघाट । बैशाख १३ देवघाट क्षेत्रको युवामाझ खेलकुद गतिविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले देवघाट–५ मा देवघाटका

१० बुँदे प्रस्ताव पारित गर्दै प्रेस चौतारीको केन्द्रीय कमिटी बैठक सम्पन्न

काठमाडौं । बैशाख १३ प्रेस चौतारी नेपालको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक