देवघाटमा सम्पन्न व्याडमिन्टन प्रतियोगिताको उपाधि मगरद्वयलाई

Devghat Online

शेयर गरौ

देवघाट, बैशाख २४

देवघाटमा सम्पन्न व्याडमिन्टन प्रतियोगिताको उपाधि दिनेश सारू मगर र बिनेस सारू मगरले जितेका छन् । देवघाट व्याडमिन्टन संघको आयोजना शनिबार भएको वडा नम्बर ५ भित्रका मेन्स डबल पुरूष व्याडमिन्टन प्रतियोगितामा अन्य प्रतियोगिहरुलाई हराउँदै सारु मगरको जोडी प्रथम भएको हो । यसैगरि अनुप नैनावस्ती र अर्जुन सापकोटाको जोडी दोश्रो भयो ।

प्रतियोगितामा प्रथमहुनेले १० हजार नगद पुरस्कार सहित ट्रफी हात पारे भने द्वित्तीयलाई ५ हजार नगद पुरस्कार सहित ट्रफी दिईएको थियो । त्यस्तै गरि प्रतियोगिताको उत्कृष्ट खेलाडी मानसिङ्ग आले मगरले हात पारेका थिए ।

प्रतियोगिताको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै अध्यक्ष थापाले यस्तै प्रतियोगिताले भविष्यमा देवघाटले पनि राम्रो खेलाडी उत्पादन गर्नेछ भन्ने सन्देश दिएको बताए । उनले देवघाटका बालक देखि युवालाई खेलकुदमा केन्द्रीकृत भएर अगाडि बढ्न अनुरोध समेत गरे । अध्यक्ष थापाले अब खेलकुँदको क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्ने बताए ।

वडा नम्बर ५ का अध्यक्ष एवं देवघाट गाउँपालिकाका प्रवक्ता पुर्णबहादुर कुँवरले देवघाट गाउँपालिकाको तर्फबाट र वडाको तर्फबाट गर्नुपर्ने सहयोग रहने बताउँदै आगामी आर्थिक बजेट विनियोजन गर्दा खेलकुदलाई अगाडि बढाउने प्रतिवद्वता जनाए । उनले अहिलेको सन्दर्भमा खेलकुद जगतले देशलाई विश्वमै चिनाउन सफल भएको बताउदैँ देवघाटका खेलाडीहरूलाई पनि अघि बढ्न अनुरोध गरे ।

देवघाट युवा तथा खेलकुद समितिका अध्यक्ष सुकु गुरूङले अबको आर्थिक वर्षमा कभर्ड हलको पुर्ण निर्माणको लागि बजेट विनियोजन गरिदिन अनुरोध गरे । देवघाट व्याडमिन्टन संघका अध्यक्ष अनिल मिश्रले आगामी दिनमा देवघाट गाउँपालिकाले खेलकुद क्षेत्रमा बजेट विनियोजन गर्दा कति पनि नहिच्किचाई रकम विनियोजित गर्न अनुरोध समेत गरे । सो प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भानु जयन्तीको अवसरमा चुँदी रम्घामा विशेष कार्यक्रम, भानु जन्मस्थलको विकासकोलागि पहल गर्ने सांसद न्यौपानेको प्रतिबद्धता

दमौली, असार २९ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्मजयन्तीको अवसरमा शनिबार देश तथा

आज भानु जयन्ती मनाईदै

दमौली, असार २९ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्मजयन्ती आज देश तथा विदेशका

देवघाट गाउँपालिका आफ्नै भवनमा सर्ने प्रक्रिया सुरु, सुभसाईत पारी रुद्राभिषेक र अग्निस्थापना

देवघाट, असार २७ देवघाट गाउँपालिका आफ्नै भवनमा सर्ने प्रक्रिया सुरु भएको छ । वडा नम्बर