ठेक्का लिएर योजना अलपत्र पार्नेलाई कारवाही गर्दै बन्दीपुर गाउँपालिका

Devghat Online

शेयर गरौ

बन्दिपुर, बैशाख २४

बन्दीपुर गाउँपालिकाले गाउँपालिका अन्तर्गतका विभिन्न योजनाको ठेक्का लिएर ति योजना अलपत्र पार्ने निर्माण व्यवसायीलाई कारवाही गर्ने भएको छ । सम्झौता अनुसार योजना सम्पन्न नगरि योजना अलपत्र पार्ने निर्माण व्यवसायी तथा निर्माण कम्पनीलाई अव नियमानुसार कारवाही गरिने गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले चेतावनी दिए ।

ठेक्का सम्झौता गरेर समयमा काम नगर्ने, अलपत्र पार्ने निर्माण कम्पनीलाई कारबाही प्रक्रिया अगाडि बढाईएको अध्यक्ष थापाले बताए । ‘समयमा काम सम्पन्न नगर्ने, अलपत्र पार्ने तथा गुणस्तरिय काम नगर्ने कम्पनीहरुलाइ धरौटी जफत गर्ने छौं’ अध्यक्ष थापाले भने ‘त्यस्ता निर्माण कम्पनीलाई कालोसुचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यलयमा सिफारिस गर्ने जस्ता प्रक्रिया अगाडि बढि सकेको छ ।’

अध्यक्ष थापाले भने ‘एक पटक आग्रह गर्छौ त्यसबेला पनि आलटाल गरे नियामानुसार कारबाहीको पक्रियामा जान्छौ’ । विभिन्न बहानामा काम नगर्ने प्रबृत्तिलाई अव निरुत्साहित गरिने अध्यक्ष थापाको भनाई थियो ।

बन्दीपुरमा कुसुम कन्स्ट्रक्सन, कस्यप निर्माण सेवा, धर्म एण्ड कस्यप जेभी र खड्गदेबी कन्स्ट्रक्सनले निर्माण सम्बन्धी कामलाई अलपत्र पारेको गाउँपालिकाका इन्जिनियर सन्तोस थापाले जानकारी दिए । यी निर्माण कम्पनीहरुले क्रमशः बन्दीपुर गाउँपालिका वडा नम्बर १ स्थित कोल्ड स्टोर, डुम्रे बन्दिपुर सडक, मुकुन्देश्वरी पदमार्ग (मिनिग्रेटवाल), बन्दीपुर बाहुनभन्ज्याङ धरमपानी सडक, वडा नम्बर २ को कार्यालय भवन ठेक्का लिएर अलपत्र पारेको इन्जिनियर थापाले जानकारी दिए । ति कम्पनीहरुलाई समयमै काम सम्पन्न गर्न पटक–पटक आग्रह गर्दा पनि काम नगरेको उनको भनाई छ ।

बन्दिपुर गाउँपालिका वडा नम्बर १ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले काम अलपत्र पार्ने मध्येको कश्यप कन्ट्रक्सनका प्रोपाइटर सँग भेटघाट र छलफल भएको बताएका छन् । डुम्रे–बन्दीपुर मार्गको काम अब छिट्टै शुरू गर्ने प्रतिबद्धता उक्त कम्पनीको तर्फबाट भएको र लिखित सहमति समेत भएको जानकारी गराउँदै प्रवक्ता श्रेष्ठले अब अन्य ठेकदार कम्पनीलाई समेत सम्पर्कमा ल्याउने पहल जारी रहेको बताए । काम नगर्ने ठेकदार कम्पनीलाई, धरौटी जफत, ठेक्का सम्झौता रद्द गरेर कालो सूचीमा राख्न सिफारिस गरिने निर्णय गाउँपालिकाले गरेको श्रेष्ठले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

राष्ट्रिय सभामा सरकारले ल्याएको बजेटका प्रावधान संशोधन हुने भएपछि बैठक नै स्थगित, चार दलको आपत्ती

काठमाडौं, असार २७ सरकारको तर्फबाट राष्ट्रिय सभाको विहिबारको बैठक स्थगित गरिएको छ । ठूलो रकम