रेडक्रस दिवसमा बक्तृत्वकला प्रतियोगिता

Devghat Online

शेयर गरौ

दमौली, बैशाख २५

विश्व रेडक्रस दिवसको अवसरमा नेपाल रेडक्रस सोसाईटी तनहुँ लैङ्गिक तथा सामाजिक समावेशीकरण समितिको आयोजनामा सोमबार ‘रेडक्रसको सान्दर्भिता मनै देखि सेवा’ विषयमा मावि स्तरिय छात्राहरु विच वक्तृत्वकला प्रतियोगिताको आयोजना गरियो ।

उक्त प्रतियोगिताको व्यास नगरपालिकाका प्रमूख वैकुण्ठ न्यौपाने उद्घाटन गरे । सो अवसरमा बोल्दै प्रमुख न्यौपानेले आजको विद्यालयका छात्रा भोलिको देशको कर्णधार र भोलिको देशको उज्वल वाटो कोर्ने भएकाले रेडक्रस जस्तो पवित्र संस्थामा आवद्ध भएर सानै उमेर देखि सेवाको भावनाका साथ ओतप्रोत भएर कार्य गर्नको लागी बाटो बनाएको महशुस भएको बताए । प्रमुख न्यौपानेले यस प्रतियोगिताको शिर्षक नै रेडक्रसमा मनै देखि सेवाले के जनाउछ भने सेवा नै धर्म कार्य हो र सेवाले सवैको उद्धार र राहत पनि हुने बताए ।

नेपाल रेडक्रस सोसाइटी लैङ्कि तथा सामाजिक समावेशीकरण समितिका संयोजक एवंम तनहूँ रेडक्रसको उपसभापति नारायणी अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा शाखाका मन्त्री सूर्यचन्द्र हड्खले, कोषाध्यक्ष प्रतापशिंह अधिकारी, उपमन्त्री केशव भट्टराई, व्यास नपाका शिक्षा शाखा प्रमूख नविन पराजुलीले शुभकामना मन्तव्य राखेका थिए ।

व्यास नपा भित्रका १४ वटा विद्यालयका छात्राहरुको सहभागीता रहेको सो प्रतियोगितामा निर्मल मावि. भादगाँउका अकिंता ढकाल प्रथम, परासर मावि दमौलीका प्रीन्सेस तामाङ द्वित्तिय र सत्यवती मावि दमौलीका दिक्षा भण्डारी तृतिय भएका थिए ।

 

सो कार्यक्रमको स्वागत मन्तव्य समितिका सदस्य एवमं नेरेसो कोटदरवार उपशाखाका सचिव कविराज श्रेष्ठले गरेका थिए भने नरेसो जिल्ला शाखाका वरिष्ठ अधिकृत शिवकाजी पियाले सञ्चालन गरेको सो प्रतियोगिताको निर्णायकमा अस्मीता घिमीरे, राधा वाग्ले र सावित्रा खड्का रहेको शाखाका लेखा अधिकृत ईमनाथ भट्टले जानकारी दिए ।

रेडक्रसका जन्मदाता जाँ हेनरी ड्यूनाको जन्मदिनको अवसरमा विश्व रेडक्रस दिवस मनाउने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट महा–महोत्सवमा देवी प्रतिभाको आगमन, हजारौं दर्शनार्थीद्वारा स्वागत

देवघाट, माघ १ लोकप्रिय कथा वाचिका देवी प्रतिभा (प्रतिभा पराजुली) देवघाटधाममा मंगलबारबाट सन्चालित देवघाट महा–महोत्सव

घिरिङ गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी चन्द्रज्योती माविलाई

अन्जान परियार । घिरिङ, पुस २९ घिरिङ गाउँपालिकाको आयोजनामा भएको अन्तर बिद्यालय स्तरीय छैठौं राष्ट्रपती