म्याग्देका कृषकलाई बाख्रा पालन तालिम

Devghat Online

शेयर गरौ

दमौली, बैशाख २५

म्याग्दे गाँउपालिकाले गाउँ पालिका भित्र रहेका कृषकलाई बाख्रा पालन सम्वन्धि तालिम दिएको छ । म्याग्दे गाँउपालिकाको पशु सेवा शाखाको आर्थिक वर्ष २०७९÷०८० को स्विकृत कार्यक्रम अनुसार ७ वटै वडावाट सिफारिश भई आएका २५ जना कृषकलाई आईतबारबाट बाख्रा पालन सम्वन्धि तालिम दिईएको हो ।

सो तालिममा कृषकलाई बाख्रा पालनको लागी खोर व्यवस्थापन, आहार व्यवस्थापन, प्रजनन व्यवस्थापन र रोग व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिईने पशु चिकित्सक एवं पशु सेवा शाखाका प्रमुख डा.विनय शाहले बताए । तालिममा बाख्रा पालनका लागी स्थानिय स्रोत साधनवाट खोरको निर्माण, घाँस खेती र अन्य आहार व्यवस्थापन, हाडनाताको सम्वन्ध, घरेलु उपचार विधि, आन्तरिक तथा वाह्य परजीवि नियन्त्रण, रोगी तथा निरोगी बाख्राको पहिचान र खोपको वारेमा तालिममा जानकारी दिईनेछ ।

तालिम उद्घाटन कार्यक्रममा गाउँ पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले गाउँपालिका भित्रका कृषकको जीवनस्तर सुधार्नका लागी गाउँपालिका जिम्मेवार रहेको बताए । उनले सबै कृषकहरु आत्मनिर्भरका लागी मात्र कृषि र पशुपालन गर्दा आर्थिक रुपमा सवल र सक्षम वन्न नसकेको हुदाँ पशुपालनलाई व्यवसाय तर्फ उन्मुख वनाउनुपर्ने बताए । जीवन यापनले मात्र आर्थिक समृद्धि हुन नसक्ने हुदाँ अवको वाटो नै व्यवसायिक पशु तथा कृषि भएको हुदाँ त्यसमा नै लाग्न अध्यक्ष श्रेष्ठले आग्रह गरे । कृषकको समस्या समाधान र कृषकको आय आर्जनमा पालिकाले सक्दो सहयोग गर्ने हुदाँ बाख्रा पालन तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न श्रेष्ठले आग्रह गरे ।

गाउँपालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले उत्पादन र कृषिमा आत्मनिर्भर बन्न नसक्दा आर्थिक अवस्था सुढृढ हुन नसकेको बताए । आधुनिक युगमा वैज्ञानिक तवरवाट कृषि र पशुपालन गरेर आत्मनिर्भर वन्न सकिने बताए । सवैले कृषि तथा पशु पालन गर्ने तर व्यवसायिक नहुदाँ त्यसले परिणाम नदिएको हुदाँ तालिमवाट सिकेको विषयलाई लागु गरेर अगाडी बढ्नुपर्ने घिमिरेले बताए ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जितवहादुर रानाले तालिमले कृषकहरुलाई तालिमले आत्मविश्वास वढाउने विश्वास व्यक्त गरे । पशु चिकित्सक एव पशु सेवा शाखाका प्रमुख डा. विनय शाहले प्रशिक्षण दिने सो तालिममा पशु सेवा प्राविधिक रचना घिमिरे, दिवस पौडेलले सहजीकरण गर्नेछ । सैद्धान्तिक तालिमपछि व्यवहारिक रुपमा खोरको अनुगमन तथा निरिक्षण समेत गरिने प्रमुख प्रशिक्षक शाहले वताए । तालिम तिन दिनसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट महा–महोत्सवमा राप्रपा अध्यक्ष लिङदेनः नेपाललाई हिन्दु राष्ट्र बनाएरै छाड्छौ

देवघाट, माघ २२ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाललाई हिन्दु राज्य बनाएरै छाड्ने बताएका