बन्दिपुरको सौन्दर्य बचाई राख्न ढुङ्गाको छपनी

Devghat Online

शेयर गरौ

दमौली, बैशाख २५

बन्दीपुरको सौन्दर्य बचाई राख्न वडा नम्बर ४ को फेदीको चौतारा देखी बन्दीपुर बजारसम्म जाने बाटोमा ढुङ्गा छाप्ने काम सुरु भएको छ । पर्यटन, उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशानालयको आर्थिक सहयोगमा बन्दिपुरको उक्त बाटोमा ढुङ्गा ओच्छाउने काम सुरु गरिएको हो ।

उक्त कार्यकोलागि करिव ८० लाख बजेट विनियोजन गरिएकोमा उक्त रकममा १० प्रतिशत उपभोक्ता समितिको लगानी रहनेछ ।

पर्यटकको आगमन हुने स्थानमा मौलिक स्वरुपमै बाटो निर्माण गर्न लागिएको गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए । पूर्वाधारमा सकेसम्म मौलिकता कायम गर्ने काम भइरहेको भन्दै अध्यक्ष थापाले मौलिकता कायम राख्न सकेमा पर्यटक पनि आकर्षित हुने बताए ।

बन्दिपुरको अर्काे पर्यटकीय क्षेत्र वडा नम्बर ३ को रामकोटमा यसैबर्ष र बन्दीपुरको वडा नम्बर ५ र ६ का पर्यटकीय क्षेत्र धरमपानी, कल्लेरी, माझथर, कोरिसालगायत स्थानमा आगामी आर्थिक वर्षमा ढुङ्गा बिछ्याउने योजना रहेको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले