ब्रतबन्धको अवसरमा मन्दिरलाई नगद सहयोग

Devghat Online

शेयर गरौ

दमौली, बैशाख २५

व्यास नपा–११ डिही गाउँ निवासी रमेश सेवा परियारले छोरा युकेशको ब्रतबन्धको अवसर पारेर आईतबार स्थानीय अनन्त व्यास गुफास्थित शिव मन्दिरलाई नगद ५ हजार १५ रुपैंयाँ सहयोग गरेका छन् ।

आफूहरु हिन्दुधर्मावलम्बी भएकोले जातिय कर्मसँगै धार्मिक मठ मन्दिरको विकासमा हातेमालो गर्ने अभियान स्वरुप आफूले छोराको ब्रतबन्धमा नगद प्रदान गरेको रमेशले बताए । युकेशका हजुरबुबा विलबहादुर परियार, हजुरआमा विष्णुमाया परियार, बुबा रमेश, आमा सुनिता र युकेशले संयुक्त रुपमा मन्दिर संरक्षण समितिका अध्यक्ष राजेन्द्र सोतीलाई नगद प्रदान गरेका हुन् ।

सामाजिक विकासको लागि प्रत्येक परिवारको योगदान हुनुपर्छ भन्ने सन्देश दिन पनि आफूले ब्रतबन्धको अवसर पारेर शिव मन्दिरलाई दान दिएको युकेशका बुबा रमेशले जानकारी दिए । छोरा युकेश लगायतमा सामाजिक कार्यको लािग सहयोग गर्नु पर्ने रहेछ भन्ने भावनाको विकास गराउनु पनि आफ्नो उद्धेश्य रहेको उनले बताए ।

परियार परिवारबाट प्रत्येक व्यक्तिले आफ्नो घरमा हुने विभिन्न कर्महरुमा सामाजिक क्षेत्रलाई पनि सहयोग गर्नु पर्दो रहेछ भन्ने सकारात्मक सन्देश प्रवाह भएको समितिका अध्यक्ष सोतीले बताए । यस्तो कार्यको सबैले अनुकरण गर्न सके समाजमा रचनात्मक प्रभाव पर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू