म्याग्दे गाउँपालिकाले पनि दिन थाल्यो श्रम स्विकृती

Devghat Online

शेयर गरौ

दमौली, बैशाख २६

तनहुँको म्याग्दे गाउँपालिकाले पुनः श्रम स्वीकृति दिन थालेको छ । म्याग्दे गाउँपालिकाले मंगलबारबाट श्रम स्विकृती दिन सुरु गरेको हो । वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरुलाई श्रम स्वीकृती प्रदान कार्य सुचारु गरेको प्रमुख प्रशासकीय अधिकृत जितबहादुर रानाले बताए ।
यसरी श्रम स्वीकृत कार्य आफ्नो पालिकाबाट नै सेवा पाउदा काठमाडौँ तथा पोखरा जानुपर्ने वाध्यताबाट मुक्त हुनुका साथै अनावश्यक खर्च र विचौलियहरुबाट बचिने भन्दै सेवाग्राहीले खुसी व्यक्त गरेको प्रमुख प्रशासकीय अधिकृत रानाले बताए ।

श्रम तथा रोजगार मन्त्रालयको परिपत्र अनुसार गाउँपालिकाबाट नै श्रम स्विकृती दिने काम सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत रानाले बताए । वैदेशिक रोजगारमा जाने युवायुवतीले यसअघि पोखरा वा काठमाडौँ गएर यस्तो स्वीकृति लिनुपर्ने बाध्यता रहेकामा अब गाउँघरमै रहेका स्थानीय सरकारमार्फत उक्त सेवा पाउने रानाको भनाई छ । गाउँपालिकाबाट नै श्रम स्विकृती पाएपछि खुसी भएका शुरेशले अव बैदेशिक रोजगार पनि झन्झटिलो नभएको बताए ।

श्रम स्वीकृतिका लागि सम्बन्धित व्यक्तिले पासपोर्ट र भिसासम्बन्धी कागजात लिएर आउनुपर्ने हुन्छ । साथै बैंक खाता विवरण र पारिवारिक विवरण पनि लिएर आउनु पर्ने हुन्छ । सम्बन्धित व्यक्तिले ल्याएको कागजातका आधारमा रोजगार केन्द्रले सो सम्बन्धी स्वीकृतिका लागि आवश्यक सहजीकरण गरिदिने रानाले बताए ।

वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित, भरपर्दो र पारदर्शी बनाउने साथै सेवाग्राहीलाई स्थानीय तहबाटै सेवा दिने मन्त्रालयको अनुमतिपश्चात् वैदेशिक रोजगारमा संलग्न हुने व्यक्तिले व्यक्तिगत र पुनः श्रम स्वीकृतिका लागि रोजगार केन्द्रमा सम्पर्क गर्न सकिने प्रमुख प्रशासकीय अधिकृत रानाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र