एकल महिला सन्जाल म्याग्देको अध्यक्षमा धनमाया

Devghat Online

शेयर गरौ

दमौली, बैशाख २६

एकल महिला सन्जाल म्याग्दे गाउँपालिकाको अध्यक्षमा धनमाया आले चयन भएकी छन् । सोमबार आयोजित म्याग्दे गाँउपालिका स्तरीय एकल महिला सन्जालको भेलाले आलेलाई अध्यक्षमा चयन गरेको हो ।

सन्जालको उपाध्यक्षमा इश्वरी श्रेष्ठ, सचिवमा कमला कुमाल, कोषाध्यक्षमा अनिता थापा, सहसचिवमा कृष्णमाया वस्याल चयन भएका छन् भने सदस्यहरुमा सत्यकला न्यौपाने, विमला रानाभाट, सरला अधिकारी, सिता परियार, श्रृजना सुनार, मन्जु थापा, पुनम थापा, ईश्वरी वाग्ले, सर्मिला कुमाल र ईन्द्रा थापा रहेका छन ।

सो भेलालाई सम्बोधन गर्दै म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले एकल महिला समाज परिवतनको अंश भएको हुदाँ समाजले एकल महिलालाई सँगै हिडाउनुपर्ने बताए । विभिन्न घटनाक्रमका कारण एकल जीवन व्यतित गरेका महिला दिदी वहिनीहरुको वाध्यतालाई समाजले सहयोग गर्नुपर्ने बताए ।

यसैगरि उपाध्यक्ष वालकृष्ण घिमिरले राज्यले नै एकल महिलाको हक अधिकार सुनिश्चित गरेको हुदाँ एकल महिलालाई हेलत्व भाव राख्न नहुने बताए । समाज रुपान्तरणको हरेक भागमा सवैमा महत्व हुने हुदाँ एकल महिलाले पनि समाज परिवर्तनको नेतृत्व गर्न सक्ने हुदाँ पालिका यस मामिलामा गम्भिर भएको बताए ।

कार्यक्रमको बारेमा महिला तथा बालबालिका शाखा प्रमुख शारदा गैह्रे पौडेलले सहजीकरण गरेकी थिइन् भने कार्यक्रममा पालिकाका प्रमुख प्रशासकिय अधिकृत जितबहादुर राना तथा वडाध्यक्षहरुले धारणा राखेका थिए । सो कार्यक्रमको सन्चालन अनिता थापाले गरेकी थिईन् भने आशा गुरुङले सहभागीहरुलाई स्वागत गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र