एमाले अध्यक्ष ओलीको प्रतिबेदनः तनहुँ र चितवनमा मत घट्नु चिन्ताजनक

Devghat Online

शेयर गरौ

काठमाडौं, बैशाख २८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैशाख १० गते सम्पन्न उपनिर्वाचनमा तनहुँ र चितवनमा पार्टीको मत घट्नु चिन्ताजनक भएको जनाएका छन् । विहिबारबाट काठमाडौंमा सुरु भएको नेकपा एमालेको केन्द्रिय कमिटिको बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिबेदनमा उपनिर्वाचन २०८० को शिर्षकमा समिक्षा प्रतिबेदन प्रस्तुत गर्दै अध्यक्ष ओलीले तनहुँ १ र चितवन २ मा पार्टीको मतमा उल्लेख्य कमी आउनु चिन्ताको विषय भएको उल्लेख गरेका छन् ।

नेकपा एमालेले उपनिर्वाचनमा संख्यात्मक क्षती ब्यहोर्नु नपरेपनि पार्टीको मतमा कमी आउनु चिन्ताजनक भएको ओलीले जनाएका छन् । गत मंसिरमा सम्पन्न आमनिर्वाचनको तुलनामा उपनिर्वाचनमा पार्टीको मत घट्नु र वर्तमान सत्ताको विकल्प नेकपा एमाले हो भन्ने निर्विवाद तथ्यमा समेत परिणाम आउनु गम्भिर विषय भएको अध्यक्ष ओलीले जनाएका छन् ।

सम्बन्धित प्रदेश र जिल्ला कमिटिले उपनिर्वाचनको परिणामको गम्भिर समिक्षा गर्नु पर्ने र रहन गएका कमीहरुलाई अबिलम्ब सच्याउनु पर्ने अध्यक्ष ओलीको प्रतिबेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो