दमौली, बैशाख २८
व्यास नपा–१४ मा रहेको तनहुँको प्रसिद्ध धार्मिक स्थल छाब्दी बाराही मन्दिरको पुननिर्माण गरिने भएको छ । मत्सय अवतार देवीको रुपमा पुजिने छाब्दी बाराही देवीको मन्दीरको पुननिर्माणकोलागि गन्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले पहिलो चरणमा १५ लाख रुपैयाँ विनियोजन गरेको छ ।




प्रस्तावित मन्दिर
छाब्दी बाराही मन्दिर विकास कोषले मन्दिरको कलात्मक शैलीमा पुननिर्माणकोलागि गुरुयोजना तयार गरेको छ । उक्त गुरुयोजना अनुसार मन्दिरको पुननिर्माणकोलागि ८० लाखको इस्टमेट आएको छाब्दी वाराही विकास कोष समितिका अध्यक्ष थानबहादुर थापा (प्रेम) ले जानकारी दिए ।

प्रस्तावित मन्दिर
मन्दिर क्षेत्र विकास कोषले नया संरचना र स्वरुप सहितको मन्दिर र तामाको छानो छाउने गरि गुरुयोजना तयार गरि पुननिर्माण गर्न लागेको अध्यक्ष थापाले बताए ।












