भ्रष्टाचारको विरुद्धमा सडकमा साहित्य वाचन (तश्विरहरु)

Devghat Online

शेयर गरौ

दमौली, जेठ ५ गते

भ्रष्टाचारको विरुद्धमा र भ्रष्टाचारीलाई कारवाहीको माग गर्दै दमौलीमा साहित्यकारहरुले सडकमै साहित्य वाचन गरेका छन् ।

 

गन्डकी वाङ्मय प्रतिष्ठान तनहुँको आयोजनामा शुक्रबार भएको सो कार्यक्रममा साहित्यकारहरुले साहित्य मार्फत भ्रष्टाचार र कुशासनको विरोध जनाएका थिए ।

सो अवसरमा वाङमय प्रतिष्ठानका अध्यक्ष सागर उदास, साहित्यकारहरु समुन्द्र गोदार, श्रीराम कार्की, नारायण श्रेष्ठ, चक्रबहादुर अधिकारी, अन्जु दाहाल, इङ्कन खनाल, तेजप्रसाद लामिछाने, होमबहादुर बस्नेत, बाबुराम सापकोटा, संगम सापकोटा, उपेन्द्र दाहाल, चन्द्रकुमार बानिया लगायत ५५ जना भन्दा बढिले साहित्य रचना वाचन गरेका थिए ।

कार्यक्रम चलिरहदा पानी पर्दा समेत घरको पेटीमा आई कार्यक्रमलाई निरन्तरता दिईएको प्रतिष्ठानका अध्यक्ष सागर उदासले बताए । साहित्यकारहरुले साहित्यको माध्यमबाट देशमा व्याप्त भ्रष्टाचार, विकृति, बिसंगती र कुशासनको विरुद्ध आवाज उठाईएको अध्यक्ष उदासले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता