जफत गरिएको नदीजन्य सामाग्रीको विक्रीबाट बन्दीपुर गाउँपालिकाले ग¥यो २१ लाख आम्दानी

Devghat Online

शेयर गरौ

दमौली, जेठ ६

बन्दीपुर गाउँपालिकाले मापदण्ड विपरीत उत्खन्न गरि राखिएको ढुङ्गा गिटी र बालुवा बिक्रि गरेर २१ लाख आम्दानी गरेको छ ।

गाउँपालिकाको वडा नम्बर ५ याम्पाघाट स्थित मस्र्याङदी नदी किनारमा मापदण्ड विपरीत उत्खन्न गरि राखिएको ढुङ्गा गिटी र बालुवा यस अघि भदौ २६ गते सिल गरेको थियो । अबैधरुपमा उत्खनन गरिएको उक्त नदीजन्य सामाग्री बिक्रि गरी कर सहित २१ लाख रुपैयाँ आम्दानी भएको गाउँपालिका प्रमुख प्रमुख प्रशासकिय अधिकृत नवेशराज हमालले बताए ।

गाउँपालिकाले आर्थिक बर्ष २०७८÷७९ का लागि करिव ३ हजार १ सय घनमिटर उत्खन्नका लागि ठेक्का आह्वान गरेको थियो । तर ठेकका पाएको कम्पनीले मापदण्ड विपरीत एक्साभेटर र जेसीभी प्रयोग गरी करिव १२ हजार १ सय घनमिर ढुङ्गा गिटी र बालुवा उत्खन्न गरेको पाइएको थियो ।

गाउँपालिकाले उक्त कम्पनीलाई राजश्वको दायरामा आउन आग्रह गर्दा कम्पनीले चासो नदेखाएको र उक्त सामाग्री विक्रीकोलागि पटक–पटक बोलपत्र आहन गर्दा पनि टेण्डर नपरेपछि उक्त सामान बैधानिक रुपमै मुग्लिङ पोखरा सडक निर्माण गरिरहेको चाइना कम्युनिकेशन कन्सट्रक्सन कम्पनीलाइ बिक्रि गरिएको गाउँपालिका इन्जिनियर सन्तोष थापाले बताए ।

बन्दिपुर गाउँपालिकाको वडा नम्बर ६ स्थित साराङघाटमा रहेको क्वालिटी क्रसर उद्योग पनि अनुगमन गरी सिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता