शिक्षक सरुवा गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको आदेश निरन्तरता

Devghat Online

शेयर गरौ

दमौली, जेठ ९

उच्च अदालत पोखराले शिक्षकहरुको सरुवा गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न शुक्लागन्डकी नगरपालिकालाई दिएको अल्पकालिन आदेशलाई निरन्तरता दिएको छ । नगरपालिकाले संघीय शिक्षा ऐन, विपरित शिक्षकहरुको एकतर्फी रुपमा शिक्षकहरुको सरुवा गर्ने निर्णयको विरुद्धमा केही शिक्षकहरु महेशराज ढकाल र गेहेन्द्र भट्टराई लगायतले उच्च अदालत पोखरामा छुट्टाछुट्टै रिट दर्ता गरेका थिए ।

छुट्टाछुट्टै परेको उक्त रिटको सम्बन्धमा मंगलबार उच्च अदालत पोखराका कामु मुख्य न्यायधिश डिल्लीराज आचार्य र न्यायधिश श्रीधराकुमारी पुडासैनी तथा न्यायधिक रमेशप्रसाद राजभण्डारी र ऋषीराज भन्डारीको इजलासले शुक्लागन्डकी नगरपालिकाको उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न विपक्षिको नाममा यस अघि दिएको अल्पकालिन आदेशलाई निरन्तरता दिएको हो ।

यस अघि उच्च अदालतले उक्त मुद्धामा अन्तरिम आदेशको लागि छलफल गर्न रिट निबेदक र विपक्षी शुक्लागन्डकी नगरपालिकालाई जेठ ९ गते मंगलबार बोलाएकोमा उक्त दिन नगरप्रमुख र नगपाालिकका प्रमुख प्रशासकीय अधिकृत दुबै जना अदालतमा उपस्थित भएनन् । नगरपालिकाको तर्फबाट कुनै उपस्थिती नभएपछि उच्च आदलतले उक्त मुद्धामा अन्तरिम आदेशकोलागि पुनः छलफल गर्न जेठ १८ गते दुबै पक्षलाई बोलाएको छ ।

शुक्लागन्डकी नगरपालिकाले गत बैशाख २१ गते शिक्षकहरुको सहमती विपरित एकातार्फीरुपमा सरुवा गर्दै शिक्षकहरुलाई सरुवाको पत्र समेत दिएको थियो । उक्त निर्णयको विरुद्धमा शिक्षकहरु अदालत गएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल