देवघाठ, जेठ ११
देवघाट गाउँपालिका–५ मा निर्माण सुरु गरिएको देवघाट सार्वजानिक पुस्तकालयको भवनले गति लिएको छ । गत फागुन २५ गते देवघाटधामका तिनवटै आश्रमका पिठाधीशहरु तथा देवघाट गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरुले संयुक्त रुपमा शिलान्यास गरिएको देवघाट सार्वजनिक पुस्तकालय भवनको निर्माण कार्य तिब्र रुपमा भईरहेको पुस्तकालयका अध्यक्ष शिवराज पौडेलले बताए । सो भवनको बुधबार हात्तिपाईले ढकाल गरियो ।




पुस्तकालयको भवन निर्माण सुरु गरिएपनि आर्थिक अभाव सुरु भईसकेको पौडेलले बताए । अव आर्थिक श्रोत प्राप्त भएमा निर्माणको कामलाई तिब्रता दिईने अध्यक्ष पौडेलले बताए । आर्थिक अभावले निर्माण सामाग्री जुटाउन समस्या परेको छ ।

भवनको विस्तृत परियोजना प्रतिवेदन अनुसार कूल लागत ३ करोड ६८ लाख रहेको भन्दै पौडेलले हालसम्म देवघाट गाउँपालिका, देवघाट क्षेत्रविकास समितिको संस्थागत तथा देवघाट गाउँपालिकाका अध्यक्ष र अन्य केही जनप्रतिनिधिहरुको व्यक्तिगत सहयोग मात्र प्राप्त भएको पौडेलले बताए । स्रोतको कमीले आफ्नो लक्षित समय आगामी २०८० असार १५ सम्म डिपिआर लेभलको काम हुन नसक्ने हो कि भन्ने चिन्ता रहेको अध्यक्ष पौडेलले बताए ।

भवन निर्माणकोलागि १० हजार भन्दा बढी आर्थिक सहयोग गर्ने दाताहरुको नाम शिलालेखमा लेखिने छ । सार्वजानिक पुस्तकालय देवघाटको गहना र पहिचान समेत भएको हुँदा सबै देवघाटबासीले यसको भवन निर्माणमा योगदान गर्ने अपेक्षा लिईएको पौडेलले बताए ।












