देवघाट गाउँपालिका पुर्ण खोप सुनिश्चित पालिका घोषणा

Devghat Online

शेयर गरौ

देवघाट, जेठ १२

देवघाट गाउँपालिका पुर्ण खोप तथा दिगोपना सुनिश्चितता गाउँपालिका घोषणा भएको छ । गाउँपालिकाको सभाहलमा शुक्रबार आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले देवघाटलाई पुर्ण खोप सुनिश्चित भएको पालिका घोषणा गरे ।

जन्मेदेखी पाँच वर्षसम्मका सबै बालबालिकाले पुर्णरुपमा खोपको मात्रा पाएको हुदा गाउँपालिकालाई नै पुर्णखोप सुनिश्चितता बनाउन सकिएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख प्रदिप बुढाथोकीले बताए । उनले सबै वडामा खोप अभियान सन्चालन गरेर खोप लगाउन छुटेका बालबालिकाको खोजि गरिएको बताए ।

सो अवसरमा बोल्दै देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले खोप अभियानलाई भविष्यमा पनि निरन्तरता दिने बताए ।

सो कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरुङ, प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी, स्वास्थ कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारी, वडा नम्बर ५ का अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता पुर्णबहादुर कुँवर लगायतले मन्तव्य राखेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

शुक्लागण्डकीमा टाटा सुमो दुर्घटना हुँदा चालकसहित १२ जना घाइते

तनहुँ । साउन १२ शुक्लागण्डकी नगरपालिका–१२ सिम्लेस्थित भित्री सडक खण्डमा मंगलबार यात्रुबाहक टाटा सुमो दुर्घटना

निरन्तर पहिरो झर्न थालेपछि मुग्लिन–नारायणगढ सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक

चितवन । साउन १२ मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत मुग्लिन बजार नजिकै नारायणगढतर्फ सुक्खा पहिरो खसेर