दमौली, जेठ १४
भानु नगरपालिका–६ सिम्पानीकी क्यान्सर पीडित सुनिता पौडेल बचाउ अभियान मार्फत हालसम्म ४ लाख ४० हजार रुपैयाँ संकलन भएको छ ।



भानु नपा–२ निवासी युवा सामाजिक अभियन्ता मनोजकुमार श्रेष्ठको संयोजनमा सुनिताको उपचारमा रकम जुटाउन केही दिन यता सामाजिक सन्जाल मार्फत अभियान सन्चालन गरिएको थियो । उक्त अभियान मार्फत आईतबार दिउँसो सम्म ४ लाख ४० हजार रुपैयाँ संकलन भएको श्रेष्ठल जानकारी दिए । उक्त सबै रकम ग्लोबल आईएमई बैंकको बन्दिपुर शाखामा सुनिताको नाममा खाता खोली त्यही जम्मा गरिएको छ । संकलित रकमलाई पारदर्शी बनाउन दाताहरुले सिधै उक्त खातामा रकम जम्मा गर्ने व्यवस्था मिलाईएको श्रेष्ठले बताए ।

श्रेष्ठले सन्चालन गरेको सुनिता बचाउ अभियान अन्तर्गत हालसम्म डेढ सय भन्दा बढि सर्वसाधरणले सहयोग रकम उपलब्ध गराएका छन् । केहीले बिदेशबाट समेत सामुहिक रुपमा रकम संकलन गरिन पठाएको श्रेष्ठले बताए । भानु र बन्दिपुरका केही जनप्रतिनिधिले पनि रकम उपलब्ध गराएको श्रेष्ठले बताए । सुनिताको उपचारकोलागि बन्दिपुर गाउँपालिकाले आईतबार १५ हजार रुपैयाँ खातामा जम्मा गरेको श्रेष्ठले जानकारी दिए । रकम संकलन अभियान निरन्तर भईरहेको हुँदा रकम अझ बढ्ने श्रेष्ठले बताए ।
संकलित सबै रकमलाई पारदर्शी रुपमा बैंकमा जम्मा गरि सुनिताको उपचारकोलागि मात्रै खर्र्च गरिने र केही दिनमा सबै दाताको नाम र संकलित रकमको विवरण सन्चार माध्यम र सामाजिक सन्जाल मार्फत सार्वजानिक गरिने श्रेष्ठले बताए ।

सुनिताको उपाचार भरतपुर क्यान्सर अस्पतालमा भईरहेको छ । आईतबार थप उपचारकोलागि उनलाई भानुबाट भरतपुर लगियो । सुनितालाई ल्याउन भानु नगरपालिकाले निशुल्क उपलब्ध गराएको एम्बुलेन्स अभियन्ता श्रेष्ठले नै चलाएर क्यान्सर अस्पताल लगेका थिए ।












