दमौली, जेठ १४
प्रेस चौतारी नेपाल तनहुँ शाखाले स्थापना गरेको प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कार पत्रकार नारायण खड्कालाई प्रदान गरिने भएको छ । प्रेस चौतारी नेपाल तनहुँको आईतबार बसेको बैठकले खड्कालाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।



प्रेस चौतारी तनहुँका अध्यक्ष राजकुमार श्रेष्ठ (विवि) को अध्यक्षतामा बसेको वैठकले आगामी जेठ १९ गते दमौलीमा आयोजना हुने प्रेस चौतारी तनहुँको साधारणसभाको अवसरमा उक्त पुरस्कार प्रदान गर्ने निर्णय समेत गरेको छ ।
पत्रकारिता पेशामा लामो समयदेखि क्रियाशिल खड्का प्रेस चौतारी तनहुँका निवर्तमान अध्यक्ष समेत हुन् । उनी सगरमाथा टेलिभिजनको जिल्ला सम्वाददाता र भन्ज्याङ राष्ट्रिय दैनिकका सम्पादक समेत हुन् । चौतारीले जिल्लाका क्रियाशिल पत्रकारहरुलाई वर्षेनी पुरस्कृत गर्दै आईरहेको छ ।












