व्यास नपाले लिने कर चर्काे भएको होटल व्यवसायीहरुको गुनासो

Devghat Online

शेयर गरौ

दमौली, जेठ १५

तनहुँका होटल व्यवसायीले व्यास नगरपालिकाले लिने गरेको व्यवसाय कर चर्को भएको भन्दै विरोध जनाएका छन् । होटल व्यवसायी संघ तनहुँले सोमबार दमौलीमा आयोजना अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरुले आर्थिक मन्दीका बेला पनि नगरपालिकाले चर्को कर असुलेको भन्दै तिर्न नसक्ने जनाएका छन् ।

भेलाले व्यवसाय कर अत्याधिक भएको र आर्थिक मन्दीका कारण तिर्न गाह्रो भएको निष्कर्ष निकालेको छ । व्यवसाय कर चर्को हुनुका साथै फरक–फरक पाइएकोले पुरानै कर कायम गर्न आग्रह गरिएको संघका अध्यक्ष दुर्गाविलास भट्टराईले बताए ।

नगरपालिकाले करमा पुर्नविचार नगरेसम्म संघले अर्को सूचना जारी नभइन्जेल कर नतिर्ने निर्णय गरेको अध्यक्ष भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

शुक्लागण्डकीमा टाटा सुमो दुर्घटना हुँदा चालकसहित १२ जना घाइते

तनहुँ । साउन १२ शुक्लागण्डकी नगरपालिका–१२ सिम्लेस्थित भित्री सडक खण्डमा मंगलबार यात्रुबाहक टाटा सुमो दुर्घटना

निरन्तर पहिरो झर्न थालेपछि मुग्लिन–नारायणगढ सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक

चितवन । साउन १२ मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत मुग्लिन बजार नजिकै नारायणगढतर्फ सुक्खा पहिरो खसेर