गणतन्त्र दिवसको अवसरमा विभिन्न कार्यक्रम गरिने

Devghat Online

शेयर गरौ

दमौली, जेठ १४

सोमबार १६ औं गणतन्त्र दिवस । नेपालमा संविधानसभाको पहिलो बैठकले अत्याधिक बहुमतले २०६५ जेठ १५ गते गणतन्त्रको घोषणा गरेको थियो ।

त्यसैको सम्मानमा हरेक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसको रुपमा मनाउने गरिन्छ । दोश्रो जनआन्दोलन २०६२÷०६३ को सफलता पश्चात २०६४ सालमा पहिलो पटक संविधान सभाको निर्वाचन भएको थियो । सोही संविधान सभाको पहिलो बैठकले गणतन्त्रको घोषणा गरेको थियो ।

गणतन्त्र दिवसको अवसरमा सोमबार तनहुँमा विभिन्न कार्यक्रम गरिने भएको छ । दिवसको अवसरमा आज विहान दमौली बजारको सडक, सार्वजानिक चोकहरु, पार्कहरु, मठ मन्दिर लगायतका स्थानमा सरसफाई गरिने भएको छ । त्यस्तै व्यास नगरपालिका, स्वास्थ्य कार्यालय तनहुँ, दमौली अस्पताल र नेपाल रेडक्रस सोसाईटीको संयोजनमा आज बिहान दमौलीमा सर्वसाधरणको रक्तचाप र तौल परिक्षण तथा मधुमेहको निशुल्क परिक्षण गरिने भएको छ ।

साथै शिक्षा विकास तथा समन्वय इकाईको आयोजनामा सामुदायिक तथा संस्थागत विद्यालयका माध्यमिक तहका विद्यार्थीहरु विच संघीय गणतन्त्र नेपाल विषयमा निबन्ध लेखन प्रतियोगिता तथा जिल्ला प्रहरी कार्यालय र कारागार शाखाको संयोजनमा तनहुँ कारागारका कैदी बन्दीहरुको विचमा लेख रचना लेखन कार्य समेत गरिने भएको छ ।

त्यस्तै दमौली अस्पतालका विरामीलाई फलफुल वितरणको कार्यक्रम पनि राखिएको छ । गणतन्त्र दिवसलाई जिल्लामा उल्लासमय वातावरणमा मनाउनको लागि तिन दिनसम्म सरकारी कार्यालय र संघ संस्थामा दिपावली गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता