निर्माणाधिन देवघाट सार्वजानिक पुस्तकालयलाई आर्थिक सहयोग थपिदै

Devghat Online

शेयर गरौ

देवघाट, जेठ १५

देवघाट गाउँपालिका–५ मा निर्माणाधीन देवघाट सार्वजनिक पुस्तकालय भवनकोलागि आर्थिक सहयोग थपिदै गएको छ । पुस्तकालय भवन निर्माणकोलागि सोमबार देवघाट ५ स्थित गणेश सामुदायिक महिला समूहले १ लाख १ हजार एक सय एघार रूपैयाँ उपलव्ध गराएको पुस्तकालयका अध्यक्ष शिवराज पौडेलले जानकारी दिए ।

त्यस्तै भवन निर्माणकोलागि पुस्तकालयका पूर्व अध्यक्ष टंकप्रसाद भूसाल (हाल स्वामी मुक्तानन्द सरस्वतीजी) ले १५ हजार ५ र श्री भागवत निवास आश्रम देवघाटधामका प्रमुख स्वामी डा.चक्रपाणि आचार्यले १२ हजार १ सय ५ रुपैयाँका उपलव्ध गराएका छन् । उनीहरुले सो रकम आईतबार उपलब्ध गराएका थिए ।

त्यसैगरि देवघाटधाममा अवस्थित महेश सन्न्यास आश्रमले निर्माणाधीन पुस्तकालयका लागि १ सय ८ बोरा सिमेन्ट उपलव्ध गराउने भएको अध्यक्ष पौडेलले बताए । पुस्तकालय भवन निर्माणकोलागि हालसम्म सहयोग गर्ने सबैलाई धन्यवाद दिई अन्य व्यक्ति तथा संघ सस्थालाई पनि भवन निर्माणमा सघाउन अपिल गरिएको अध्यक्ष पौडेलले बताए ।

उक्त भवनको विस्तृत परियोजना प्रतिवेदन अनुसार कूल लागत ३ करोड ६८ लाख रुपैयाँ रहेको अध्यक्ष पौडेलले जानकारी दिए । पौडेलका अनुसार १० हजार भन्दा बढी आर्थिक सहयोग गर्ने दाताहरुको नाम शिलालेखमा उल्लेख गरिने छ  । हाल देवघाट सार्वजनिक पुस्तकालयको दैनिक कार्य नेपाल रेडक्रस सोसाइटी उपशाखा देवघाटबाट भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

शुक्लागण्डकीमा टाटा सुमो दुर्घटना हुँदा चालकसहित १२ जना घाइते

तनहुँ । साउन १२ शुक्लागण्डकी नगरपालिका–१२ सिम्लेस्थित भित्री सडक खण्डमा मंगलबार यात्रुबाहक टाटा सुमो दुर्घटना

निरन्तर पहिरो झर्न थालेपछि मुग्लिन–नारायणगढ सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक

चितवन । साउन १२ मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत मुग्लिन बजार नजिकै नारायणगढतर्फ सुक्खा पहिरो खसेर