देवघाटमा मृत्यु भईसकेका व्यक्तिलाई पनि सामाजिक सुरक्षा भत्ता

Devghat Online

शेयर गरौ

देवघाट, जेठ १७

देवघाट गाउँपालिकामा मृत्यु भईसकेको व्यक्तिको नाममा पनि सामाजिक सुरक्षा भत्ता निकासा गरिएको खुलेको छ ।

महालेखा परिक्षकको आर्थिक वर्ष ०७८÷०७९ को वार्षिक प्रतिबेदनमा जनाईए अनुसार देवघाटमा मृत्यु भईसकेका चार जना व्यक्तिको नाममा पनि सामाजिक सुरक्षा भत्ता वितरण भएको छ ।

जस अनुसार वडा नम्बर ५ का बिहारीलाल सापकोटा र तुलसी सुवेदी तथा वडा नम्बर ३ का धनमाया पौडेल क्षेत्री र अम्बरबहादुर थापाको मृत्यु भईसकेपनि उनीहरुको नाममा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।

सापकोटा, सुवेदी र क्षेत्रीको नाममा दोश्रो चौमासिक र थापाको नाममा तेश्रो चौमासिकमा भत्ता वितरण भएको प्रतिबेदनमा उल्लेख छ । थापाको नाममा १० हजार ३ सय, सुवेदीको नाममा ३ हजार, क्षेत्रीको नाममा ७ हजार २ सय र थापाको नाममा ११ हजार ६ सय रुपैयाँ बढि भुक्तानी भएको प्रतिबेदनमा उल्लेख छ ।

सामाजिक सुरक्षा कार्यक्रम कार्यविधि, २०७५ को दफा १२ मा लाभग्राहीको मृत्यु भएमा मृत्यु दर्ताको सुचना फारम बमोजिम स्थानीय तहको मुल अभिलेखबाट लगत कट्टा गर्नु पर्ने व्यवस्था रहेको छ । पालिकाको केही वडाहरुमा नमुना परिक्षण गरि हेर्दा मृत्यु दर्ता भईसकेको व्यक्तिको नाममा समेत भत्ता वितरण हुन गएको देखिएको प्रतिबेदनमा उल्लेख छ ।

प्रतिबेदनले यसमा सम्बन्धित वडा सचिवहरुलाई जिम्मेबार ठानी उनीहरुबाट नै उक्त रकम असुल उपर गर्नु पर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता