देवघाटका युवाहरुलाई उद्यमशीलता तथा वित्तीय साक्षरता सम्बन्धि तालिम

Devghat Online

शेयर गरौ

देवघाट, जेठ १९

देवघाट गाउँपालिका तथा राष्ट्रिय युवा परिषदको आयोजना तथा देवघाटधाम जेसीसको व्यवस्थापनमा देवघाट गाउँपालिका–५ मा भएको उद्यमशीलता तथा वित्तीय साक्षरता तालिम विहिबार बिहिवार सम्पन्न भएको छ । तालिम जेठ १२ गते देखि देवघाट गाउँपालिकाको सिटि हलमा सन्चालन भएको थियो ।

‘समृद्ध नेपालकालागि स्वास्थ्य, कर्मठ र उद्यमी युवा’ भन्ने मुल नारा सहित आयोजित तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले तालिममा सिकेका सिपलाई व्यवहारमा उतार्नु पर्ने बताए ।

अध्यक्ष थापाले देवघाट गाउँपालिकाले महिला तथा युवालाई उद्यमी बनाउन धेरै प्रकारका तालिमहरु दिईएको बताए । तालिम प्राप्त व्यक्तिले कानुन बमोजिम फर्म दर्ता गरेर गाउँ पालिकामा निबेदन दिएमा गाउँपालिकाबाट निश्चित रकम अनुदान दिने समेत अध्यक्ष थापाले बताए । सो कार्यक्रममा देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरूङले तालिममा धेरै संख्यामा महिला दिदिबहिनीको सहभागी हुँदा सबैलाई उद्यमी वन्न आग्रह गरे ।

देवघाटधाम जेसीज वर्ष २०२३ का अध्यक्ष विष्णुहरि सापकोटाको अध्यक्षतामा सम्पन्न तालिम समापन कार्यक्रममा देवघाट गाउँपालिकाका प्रशासन शाखा प्रमुख गोविन्दप्रसाद पौडेल, देवघाट गाउँपालिकाका कार्यक्रम संयोजक कृष्णराज पन्त, ज्योति विकास बैंक देवघाट शाखाका प्रवन्धक पोशनाथ आचार्य, देवघाटधाम जेसीजका संस्थापक अध्यक्ष जेसी विकास सापकोटा लगाएतले मन्तव्य राखेका थिए । सो कार्यक्रम देवघाटधाम जेसीजका कार्यकारिणी उपाध्यक्ष रघु मल्लले सञ्चालन गरेका थिए ।

तालिमका सहभागीलाई रमाकान्त शर्मा र प्रकाश मरासिनीले प्रशिक्षण दिएका थिए भने भने लागु पदार्थ दुव्र्यसनी न्यूनीकरण सम्बन्धि विषयमा देवघाट सामुदायिक सेवा केन्द्रका अध्यक्ष होम बहादुर भारतीले प्रशिक्षण दिएका थिए ।

तालिममा व्यवसायिक विचार सृजना दिमागी मन्थन र व्यवसायको प्रारम्भिक छनौट प्रक्रिया, जनशक्ति व्यवस्थापन, व्यवसायको स्वरूप, कानुनी दायित्व खरिद व्यवस्थापन (कच्चा पदार्थ र शिर्षभार खर्च), लगानीमा प्रतिफल, व्यवसायिक योजना, उद्यम र उद्यमशीलताको परिचय तथा व्यवसायको प्रकार व्यवसायिक विचार कसरी सृजना गर्ने ?, साधारण व्यवसाय चक्र, मार आपूर्ति, व्यवसाय शुरुवातका लागि आवश्यक फूल पूँजी र पूँजीको स्रोत व्यवसायिक योजना तयारी, व्यवसायिक कार्ययोजना निर्माण र प्रस्तुतीकरण, व्यवसायिक योजना तयारी, राष्ट्रिय युवा परिषद, वित्तीय संस्थाको प्रकार लगायतको विषयमा प्रशिक्षण भएको तालिमका संयोजक जेसी प्रशन्न ढकालले जानकारी दिए ।

यसैगरि के तपाई व्यवसाय शुरू गर्न तयार हुनुहुन्छ ? व्यवसायको परिचय र व्यवसायको महत्व योजना, माग र आपूर्ति, व्यवसाय सुरूवातका लागि आवश्यक कुल पूँजी र पूँजीको स्रोत, व्यावसायिक योजना तयारी, व्यावसायिक कार्ययोजना निर्माण, उद्यमीमा हुनुपर्ने सीप र क्षमता, बिक्री योजना र नाफा÷नोक्सान, माग र आपूर्ति, व्यवसायको योजना तयारी, मुल्यांकन जस्ता विषयमा प्रशिक्षण दिईएको तालिम संयोजक ढकालले बताए ।

तालिममा गाउँपालिका भित्रका ३० जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र