दमौली, जेठ १९
प्रेस चौतारी तनहुँले स्थापना गरेको क्रियाशिल पत्रकारिता पुरस्कार पत्रकार नारयण खड्काले प्राप्त गरेका छन् । प्रेस चौतारी तनहुँको शुक्रबार दमौलीमा सपन्न १३ औं साधारणसभाको अवसरमा उक्त पुरस्कार प्रदान गरिएको थियो ।




प्रेस चौतारी नेपालका उपाध्यक्ष गणेश पाण्डे, महासचिव हिरामान लामा तथा नेकपा एमाले तनहुँका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले पत्रकार खड्कालाई सो पुरस्कार प्रदान गरेका थिए । खड्का दमौलीबाट प्रकाशित हुने भन्ज्याङ दैनिकका सम्पादक हुन् । उनी प्रेस चौतारी तनहुँका निवर्तमान अध्यक्ष समेत हुन् । पुरस्कारको राशी नगद १० हजार र सम्मान पत्र रहेको छ ।

प्रेस चौतारी तनहुँका अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो साधारणसभामा प्रेस चौतारी नेपालका उपाध्यक्ष गणेश पाण्डे, महासचिव हिरामान लामा, नेकपा एमाले तनहुँका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष हरिराज कंडेल, नेकपा एमालेका केन्द्रिय सल्लाहाकार एवं प्रेस स्वतन्त्रता सेनानी विश्वबन्धु भण्डारी, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य प्रकाशचन्द्र भट्टराई, प्रेस चौतारीका पुर्व केन्द्रिय सदस्य प्रेमप्रसाद पौडेल, पुरस्कृत व्यक्तित्व प्रेस चौतारी नेपालका निर्वाचन आयोगका सदस्य नारयण खड्का, प्रेस चौतारी नेपाल गन्डकीका महासचिव आश गुरुङ, कोषाध्यक्ष भविश्वर पाण्डे लगायतले मन्तव्य राखेका थिए ।

सो कार्यक्रमको सन्चालन प्रेस चौतारी तनहुँका सचिव ऋषिकान्त दुवाडीले सन्चालन गरेका थिए भने स्वागत उपाध्यक्ष कृष्णचन्द्र न्यौपानेले गरेका थिए । उक्त साधारणसभाले प्रेस चौतारी तनहुँका सांगठानिक प्रतिबेदन र आर्थिक प्रतिबेदन पारित गरेको थियो ।












