देवघाटमा एक वर्षको खाना, खाजा खर्च १८ लाख २७ हजार

Devghat Online

शेयर गरौ

देवघाट, जेठ २४

देवघाट गाउँपालिकाले एक वर्षमा १८ लाख २७ हजारको खाना तथा खाजा खर्च गरेको छ । आर्थिक वर्ष ०७८÷०७९ मा देवघाट गाउँपालिकाले उक्त रकमको खाना तथा खाजा खर्च गरेको हो ।

सार्वजानिक निकाय तथा सार्वजानिक पद धारण गरेको व्यक्तिले सरकारी कामको शिलशिलामा खर्च गर्दा मितव्ययी कायम हुने गरि खर्च गर्नु पर्ने व्यवस्था भएकोमा देवघाट गाउँपालिकाले खाना, खाजा तथा अतिथी सत्कारमा मात्रै १८ लाख २७ हजार रुपैयाँ खर्च गरेको महालेखा परिक्षकको कार्यालयले गरेको लेखापरिक्षण प्रतिबेदनमा उल्लेख छ । उक्त खर्च गाउँपालिकाको आन्तरिक आयको २ प्रतिशत हो ।

गाउँपालिकाले खर्च गर्दा स्पष्ट प्रयोजन र आधार नखुलाई खर्च गरेको महालेखा परिक्षकको प्रतिबेदनमा उल्लेख छ । गाउँपालिकाले यसरी गर्ने खर्चमा नियन्त्रण गर्नु पर्ने महालेखा परिक्षकलले सुझाव समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता