देवघाटमा कानुन निर्माणमा पनि परामर्शदाता छनौट, ६ लाख ८८ हजार खर्च

Devghat Online

शेयर गरौ

देवघाट, जेठ २४

देवघाट गाउँपालिकाले आन्तरिक कार्यविधि निर्माण लागि पनि परामर्शदाता छनौट गरि खर्च गरेको छ । परामर्शदाताकोलागि मात्रै देवघाट गाउँपालिकाले ६ लाख ८८ हजार ६ सय २२ रुपैयाँ खर्च भुक्तानी गरेको छ ।

देवघाटले औद्योगिक ग्राम संचलन कार्यविधि, देवघाट गाउँपालिकाको शुसासन ऐन तथा नियमावली र ऐन कानुन संग्रह निर्माणकोलागि सिर्जना कन्सल्टेन्सी र ग्लोवल सप्लायर्सलाई परामर्शदाता नियुक्ती गरेको थियो । उक्त दुई परामर्शदाता मध्ये सिर्जना कन्सल्टेन्सीलाई २ लाख ९४ हजार २५२ तथा ग्लोबल सप्लार्यसलाई ३ लाख ९४ हजार ३७० रुपैयाँ भुक्तानी दिएको आर्थिक वर्ष ०७८÷०७९ को महालेखा परिक्षकको प्रतिबेदनमा उल्लेख छ ।

सार्वजानिक खरिद ऐन, २०६३ को दफा २९ मा कार्यलयका जनशक्तिले गर्न नसक्ने कार्य भएमा मात्र परामर्शदाता गराउन सकिने उल्लेख छ । कार्यालयमा थुप्रै जनशक्ति भएको अवस्थामा पनि बाह्य परामर्शदाताबाट कानुन निर्माण गराउनु नियमसंगत नभएको महालेखा परिक्षकको प्रतिबेदनमा उल्लेछ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता