तनहुँ जिल्ला पुर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा

Devghat Online

शेयर गरौ

दमौली, जेठ २४

तनहूँ जिल्ला पुर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा भएको छ । जिल्लाका दशवटै पालिका पूर्ण खोप सुनिश्चित घोषणा भएपछि बुधबार तनहुँ जिल्लालाई पुर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको हो ।

बुधबार दमौलीमा आयोजित कार्यक्रममा प्राकृतिक श्रोत तथा वित्त आयोगका सदस्य जुद्धबहादुर गुरुङले तनहुँलाई पुर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरे । तनहुँँमा सबैभन्दा पहिला व्यास नगरपालिकालाई पुर्ण खोप सुनिश्चित घोषणा गरिएको थियो भने सोमबार घिरिङ गाउँपालिका र शुक्लागन्डकी नगरपालिकालाई पुर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको थियो ।

जेठ महिना भित्रै दशवटै पालिका पूर्ण खोप सुनिश्चित भएपछि जिल्लालाई नै पुर्णखोप सुनिश्चित घोषणा गरिएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख एवं जिल्लास्तरीय खोप समन्वय समितिका सचिव शंकरवावु अधिकारीले बताए । जिल्लाका दशवटै पालिकाका ८५ वडाका बालबालिकाले पूर्ण रुपमा खोप पाएको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको अधिकारीले जानकारी दिए ।

जिल्ला समन्वय समिति तनहुँका प्रमुख एवं जिल्लास्तरीय खोप समन्वय समितिका संयोजक शान्तिरमण वाग्लेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्राकृतिक श्रोत तथा वित्त आयोगका सदस्य जुद्धबहादुर गुरुङले पूर्ण खोप सुनिश्चित घोषणालाई दिगोपना बनाउनेतर्फ ध्यान दिनुपर्ने बताए ।

सो कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदी, प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल लगायतका वक्ताहरुले मन्तव्य राखेका थिए ।
शुक्लागण्डकी नगरपालिकाका १२, घिरिङ गाउँपालिकाका पाँच, व्यास नगरपालिकाका १४, भिमाद नगरपालिकाका नौ, म्याग्दे गाउँपालिकाका सात, आँबुखैरेनी गाउँपालिकाका छ, बन्दीपु र गाउँपालिकाका छ, ऋषिङ गाउँपालिकाका आठ, देवघाट गाउँपालिकाका पाँच र भानु नगरपालिकाका १३ वडाकै १६ महिनादेखि ५९ महिनासम्मका सबै बालबालिकाले १५ महिनाको उमेरभित्र पूर्ण खोप पाएका छन् ।

घोषणा कार्यक्रममा कार्यक्रमा सन्दर्भमा सबै स्थानीय तहका १६ देखी ५९ महिनासम्मका सम्पुर्ण बालबालिकालाई राष्ट्रिय खोप कार्यक्रमको तालिका बमोजिम १५ महिना भित्र पाउनु पर्ने सबै खोपहरु पाईसकेको सुनिश्चितता तथा दिगोपना स्थानीय तह घोषणा भईसकेको साथै आगामी दिनमा कुनै पनि अवस्था र परिस्थितीमा सबै बालबालिकाहरुले १५ महिना भित्र सबै खोपहरु पाउनेछन् भनि घोषणा कार्यक्रममा सबै स्थानीय तहका प्रमुखहरु तथा स्थानीय तहका स्वास्थ्य शाखाका प्रमुख तथा अन्य सरोकारवालाका प्रतिनिहिरुले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता