देवघाटमा मानव वन्यजन्तु द्वन्द्व न्युनिकरण सम्बन्धि अन्तरक्रिया

Devghat Online

शेयर गरौ

देवघाट, जेठ २६

सव डिभिजन वन कार्यालय देवघाटको आयोजनामा मानव-वन्यजन्तु द्वन्द्व न्युनिकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम शुक्रबार देवघाटमा सम्पन्न भयो ।

चक्रवर्ती सामुदायिक वन उपभोक्ता समुहका सचिव प्रेम थापाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले मानव-वन्यजन्तु विच हुने द्वन्द्व लाई न्युनिकरण गर्न सबैले पहल गर्नुपर्ने बताए ।

वन्यजन्तुलाई जंगलमा नै भुलाउनको लागि सामुदायिक वन समुहले वन जंगलमा फलफूलका बिरुवा लगाउनुपर्नेमा अध्यक्ष थापाले जोड दिए ।

सो कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ गन्डकीका सचिव केशवचन्द्र न्यौपाने, सामुदायिक वन महासंघ तनहुँका सदस्य उमेश नैनावस्ती, डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिमृत दयानीधि अर्याल लगायतले मन्तव्य राखेका थिए ।

सो कार्यक्रममा सव डिभिजन वन कार्यालय देवघाटका प्रमुुख नवराज घिमिरेले मानव-वन्यजन्तु न्युनिकरण सम्बन्धि विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । सो कार्यक्रममा ४५ जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पसमा होटल व्यवस्थापन अध्यापनकोलागि सम्भाव्यता अध्ययन

तनहुँ । असार १५ आदिकवि भानुभक्त क्याम्पसमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत होटल व्यवस्थापन विषय

‘श्वेतशार्दुल’ का लेखक राईलाई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ प्रदान

काठमाडौं । असार १४ मदन भण्डारी फाउण्डेसनले यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ लेखक तथा

उर्जामन्त्री श्रेष्ठले गरे कालिका कालीगण्डकी जलविद्युत आयोजनाको निरिक्षण

देवघाट । असार १३ उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले देवघाट गाउँपालिका–५ को साँढेबगरमा निर्माणाधिन

समाजसेवी देवकोटाद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई स्टेशनरी सामग्री सहयोग

विष्णु मगर । देवघाट, असार १३ काठमाडौं निवासी व्यवसायी तथा समाजसेवी सुष्मा देवकोटाले देवघाट गाउँपालिका–४