काठमाडौं, जेठ २७
प्रतिनिधि सभा सदस्य डा.स्वर्णिम वाग्लेले अब सुरुङ युगमा जानु पर्ने बताएका छन् । शनिबार बिहान नागढुंगा सुरुङ मार्ग निर्माणको अवलोकन गर्न पुगेका सांसद वाग्लेले आर्थिक समृद्धिका लागि सुरुङ मार्गले सहयोग पु¥याउने भएकोले यसको महत्व भएको बताए ।



यो आयोजना महत्वपूर्ण आयोजना भएको उनको भनाइ छ । यसले समयको बचत र ध्वनी प्रदूषण पनि कम हुने बताए बताउँदै अब टनेल टेक्नोलोजीमा जानुपर्ने बताए ।
सुरुङ मार्गले दूरी घट्ने हुँदा इन्धनको बचत हुने उनले बताए । नागढुंगा सुरुङ मार्ग पाइलट प्रोजेक्टको रुपमै रहेको बताउँदै उनले यसबाट शिक्षा लिनु पर्ने बताए । यो मार्गको निर्माण समयमै सम्पन गर्न आफूहरूले भूमिका खेल्ने उनले बताए । सांसद वाग्ले रास्वपाका सभापति रवि लामिछानेसहित सुरुङ मार्गको अवलोकन गर्न पुगेका थिए ।












