जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने विषयमा गृहमन्त्रीसँग जवाफ माग्ने संसदीय समितिको निर्णय

Devghat Online

शेयर गरौ

काठमाडौं, जेठ २९

राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको तयारीका विषयमा गृहमन्त्रीलाई बोलाएर छलफल गर्ने निर्णय गरेको छ ।

सोमबार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिलकुमारी रावलले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने विषयमा उठेका सबै प्रश्नमाथि छलफल गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल गर्ने बताइन् ।

गृहमन्त्रीको समय उपलब्धताका विषयमा बुझेर छलफलको मिति तय गर्ने उनको प्रस्ताव समिति बैठकले अनुमोदन गरेको छ ।

१५ जेठमा आर्थिक वर्ष २०८०र८१ बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा। प्रकाशशरण महतले चालु खर्च कटौती गर्न २० भन्दा बढी निकाय खारेज गर्ने बताएका थिए।

जसमा जिल्ला निर्वाचन कार्यालयहरु खारेज गरी जिल्ला प्रशासन कार्यालयको इकाइको रुपमा राख्ने र निर्वाचन कार्यालयहरु प्रदेशमा मात्र रहने उल्लेख गरिएको थियो।

निर्वाचन आयोगले भने जिल्ला निर्वाचन खारेज गर्ने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

शुक्लागण्डकीमा टाटा सुमो दुर्घटना हुँदा चालकसहित १२ जना घाइते

तनहुँ । साउन १२ शुक्लागण्डकी नगरपालिका–१२ सिम्लेस्थित भित्री सडक खण्डमा मंगलबार यात्रुबाहक टाटा सुमो दुर्घटना

निरन्तर पहिरो झर्न थालेपछि मुग्लिन–नारायणगढ सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक

चितवन । साउन १२ मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत मुग्लिन बजार नजिकै नारायणगढतर्फ सुक्खा पहिरो खसेर