लामो खडेरीले सुन्तलामा पनि असर, उत्पादन घट्ने चिन्ता

Devghat Online

शेयर गरौ

देवघाट, जेठ ३०

लामो खडेरीले तनहुँमा सुन्तलामा ठुलो असर परेको छ । बढ्दो गर्मी र लामो खडेरीको कारण सुन्तलाको उत्पादनमा कमी आउने भएको छ । कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले खडेरीको कारण तनहुँमा मकै पछि सुन्तलामा ठुलो असर परेको बताए ।

खडेरीले सुन्तलाको बोट सुकेको, पात सुकेको र सुन्तलाका साना दानाहरु झरेको बताए । चर्काे घामले सुन्तलाको बोटहरु सुकेपछि उत्पादनमा कमी आउने तिवारीले बताए ।

तनहुँको देवघाट गाउँपालिकाको सुन्तला पकेट क्षेत्रको रुपमा लिईने वडा नम्बर ३ को लुङग्रिङ, छिपछिपे, दगारा, भुक्टेनी, नरम, आमडाँडा लगायतका क्षेत्रमा सुन्तलाका बोटहरु सुकेका छन् । सिंचाई सुविधा नपुगेको डाँडामा सुन्तलाहरु लामो खडेरीको कारण सुकेको तिवारीले बताए ।

खडेरीको कारण सुन्तलाका बोटहरु मर्ने सम्भावना रहेको तिवारीले बताए । पानीको कमीले सुन्तला झर्न थालेको भन्दै उनले यस वर्ष देवघाटको सुन्तला पकेट क्षेत्रमा उत्पादनमा निकै ठुलो ह्रास आउने बताए ।

खडेरीबाट सुन्तलालाई जोगाउन सकेसम्म पानीको व्यवस्थापन गर्नु पर्ने भन्दै पानीको व्यवस्थापन गर्न नसके छापो हाल्नु पर्छ र गोबर मल हाल्नु पर्ने तिवारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

शुक्लागण्डकीमा टाटा सुमो दुर्घटना हुँदा चालकसहित १२ जना घाइते

तनहुँ । साउन १२ शुक्लागण्डकी नगरपालिका–१२ सिम्लेस्थित भित्री सडक खण्डमा मंगलबार यात्रुबाहक टाटा सुमो दुर्घटना

निरन्तर पहिरो झर्न थालेपछि मुग्लिन–नारायणगढ सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक

चितवन । साउन १२ मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत मुग्लिन बजार नजिकै नारायणगढतर्फ सुक्खा पहिरो खसेर