व्यास नगरको स्वास्थ्य सेवाः गाउँमै गराईन्छ प्रसुती

Devghat Online

शेयर गरौ

दमौली, असार ७

तनहूँको व्यास नगरपालिका–९ गजौडेकी सुकुदेवी भुजेल ७ वर्षअगाडि सुत्केरी हुन लागि पोखरा पुगिन् । त्यो बेलामा नै उनको ५० हजार रुपैयाँ खर्च भयो । त्यो बेला उक्त रकम ‘मोटो’ रकम हो । उनलाई आफ्नो गाउँमै प्रसूति सेवा दिने ठाउँ कहिले बन्ला भन्ने लागेको थियो । सुकुदेवी जस्तै गजौडेका धेरै आमा बच्चा जन्माउने बेलामा सदरमुकाम दमौली बजार वा पोखरासम्म पुग्दै आएका छन् ।

तर, गाउँमै ‘बर्थिङ सेन्टर’ सुरु भएपछि जटिल अवस्थाबाहेक गजौडे, माझफाँट, कुमालगाँउ सिस्नेरी लगायत आसपासका गर्भवतीहरू अस्पताल खोज्दै गाउँबाट बाहिरिनुपर्ने बाध्यताको अन्त्य भएको छ । गएको फागुन ३ गते प्रसुती गराएकी सिस्नेरीकी दिपा परियार भन्छिन् अप्ठ्यारै परेका बेला त पोखरा नै जानुपर्छ । तर, बच्चा सामान्य अवस्थामा रहेको भएमा अब अस्पताल खोज्दै बाहिर हिँड्न नपर्नु हाम्रो लागि त खुसीको कुरा हो,’ उनले अघि भनिन्, ‘बाहिर हिँड्न बित्तिकै कति पैसा जान्छ भन्ने थाहा नै हुदैन ।

आउजाउ गर्दा दुःख पनि उत्तिकै हुन्छ । गाउँमै यत्तिको सेवा हुनु भनेको त आमाहरूको लागि धेरै राम्रो हो।’ गजुरे स्वास्थ्य चौकीले सामान्य भवनमा सामान्य खालका सेवा मात्र दिँदै आइरहेको थियो । तर, आधुनिक भवन निर्माणपछि सेवासमेत थपिएको छ । चौकी नयाँ भवनबाट सञ्चालनमा आएसँगै ‘बर्थिङ सेन्टर’ पनि सुरुवात गरिएको हो । स्वास्थ्य चौकीका प्रमुख खुसीराम क्षेत्रीले यहाँ उपचार नहुने अवस्था आए मात्रै बाहिर पठाउने गरिएको बताए । उनका अनुसार प्रसुती गरिसकेपछि सुत्केरीलाई निःशुल्क एम्बुलेन्सको सेवा पनि प्रदान गरिएको छ । साथै गर्भवती उत्प्रेरणा र यातायात खर्च गरि २ हजार ८ सय रुपैया पनि सुत्केरीलाई दिदै आएको उनले बताए । उक्त स्वास्थ्य चौकीबाट ल्याब सम्बन्धी परिक्षण सेवा पनि दिदै आएको उनले जानकारी दिए ।

व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले नगरपालिकाले नगरभित्रका गर्भवतीहरूलाई वडाबाटै सुत्केरी सेवा लिन सकून् भन्ने उद्देश्यले ‘बर्थिङ सेन्टर’ निर्माणको कामलाई तीव्रता दिइरहेको बताए । व्यास–९ मा मात्र होईन व्यास १३ केशवटारमा रहेको स्वास्थ्य चौकीबाट पनि प्रसुति सेवा दिईने गरिएको सोतीले बताए । व्यास नगरपालिका भित्र दमौली अस्पताल सहित तीन वटा प्रसुति गृृह रहेको छ ।

चालु वर्षको जेठ मसान्त सम्म मात्र ३ सय ४९ जना महिलाले प्रसुति सेवा लिएको स्वास्थ्य शाखा प्रमुख सोतीले जानकारी दिए । व्यास नगरपालिका भित्र १० स्वास्थ्य चौकी, ६ आधारभूत स्वास्थ्य केन्द्र, ५ शहरी स्वास्थ्य केन्द्र, ३ स्वास्थ्य सेवा कार्यालय, २ सामाुदायिक स्वास्थ्य ईकाइ , ३ आयुर्वेद औषधालय र कोभिड व्यवस्थापन तथा पिसिआर ल्याब गरि २९ स्वास्थ्य संस्था रहेका छन् ।

चालु वर्षको जेठ मसान्त सम्म व्यास नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थानबाट २ लाख ४४ हजार १ सय ४ जनाले सेवा लिएका छन् । जसमा सबै भन्दा धेरै २० देखि ५९ उमेर समुहका रहेको जनस्वास्थ्य निरिक्षक लक्ष्मी गुरुङले जानकारी दिईन् ।

उनका अनुसार उक्त उमेर समुहका १ लाख ३६ हजार ५ सय २८, ६० देखि ६९ उमेर समुहका ३३ हजार २ सय ५४,७० वर्ष भन्दा माथिका २८ हजार ७ सय ७४, ९ वर्ष सम्मका २० हजार ३ सय ९६ बालबालिका, १५ देखि १९ वर्ष सम्मका १३ हजार ८ सय ३८ र १० देखि १४ वर्ष सम्मका ११ हजार २ सय १४ जनाले सेवा लिएको तथ्याङक रहेको छ ।

सेवा लिन आउनेमा सबै भन्दा धेरैको प्रेसर सम्बन्धी समस्या लिएर आउने गरेको गुरुङले बताईन् । त्यस्तै ग्यास्टिक, सुगर, टाउको दुखेको, श्वासप्रश्वास सम्बन्धी समस्या, आँखा सम्बन्धी, दम, छाला सम्बन्धीको समस्या भएका बिरामीले सेवा लिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पसमा होटल व्यवस्थापन अध्यापनकोलागि सम्भाव्यता अध्ययन

तनहुँ । असार १५ आदिकवि भानुभक्त क्याम्पसमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत होटल व्यवस्थापन विषय

‘श्वेतशार्दुल’ का लेखक राईलाई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ प्रदान

काठमाडौं । असार १४ मदन भण्डारी फाउण्डेसनले यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ लेखक तथा

उर्जामन्त्री श्रेष्ठले गरे कालिका कालीगण्डकी जलविद्युत आयोजनाको निरिक्षण

देवघाट । असार १३ उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले देवघाट गाउँपालिका–५ को साँढेबगरमा निर्माणाधिन

समाजसेवी देवकोटाद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई स्टेशनरी सामग्री सहयोग

विष्णु मगर । देवघाट, असार १३ काठमाडौं निवासी व्यवसायी तथा समाजसेवी सुष्मा देवकोटाले देवघाट गाउँपालिका–४