बाल यौन दुव्र्यहवार मुद्धामा २३ दिन कैद फैसला

Devghat Online

शेयर गरौ

दमौली, असार ७

१४ बर्षिया बालिकालाई यौन दुव्र्यहवार गरेको आरोपमा जिल्ला अदालतले पीडितका ठुलो वुवा नाता पर्ने भिमाद नगरपालिका–८ का ३७ बर्षिय व्यक्तिलाई २३ दिन कैद फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायधिश हरिश्चन्द्र ढुङ्गानाको इजलासले बुधबार कसुर ठहर गर्दै उक्त फैसला गरेको अदालतका श्रेस्तेदार मिनबहादुर कुँवरले जानकारी दिए । अदालतले ३० हजार रुपैयाँ क्षतीपुर्ती तथा ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ ।

सालीको छोरी नाता पर्ने पीडित बालिकालाई आफ्नो भरखर जन्मेको बच्चा हेर्न घरमा घरमा राखेको अवस्थामा घरमा कोही नभएको मौकामा आरोपितले २०७९ पुस ११ गते आफ्नै घरमा यौन दुव्र्यहवार गरेको आरोपमा पीडितकी आमाले २०७९ पुस १३ गते इलाका प्रहरी कार्यालय बेलचौतारामा उजुरी दिएकी थिईन् ।

प्रहरीले आरोपितलाई पुस १३ गते पक्राउ गरेको थियो । आरोपितलाई कारवाहीको माग गर्दै जिल्ला सरकारी वकिल कार्यालयले २०७९ माघ ५ गते जिल्ला अदालतमा बाल यौन दुरुपयोग सम्बन्धी मुद्धा दर्ता गरेकोमा अदालतले आरोपितलाई ६० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

इप्रका आबुँखैरेनीका प्रहरी निरक्षक सुवेदी फागुन महिनाको उत्कृष्ट प्रहरी

तनहुँ । चैत ३ इलाका प्रहरी कार्यालय आबुँखैरेनीका इन्चार्ज प्रहरी निरिक्षक टेकप्रसाद सुवेदी फागुन महिनाको

स्ववियु निर्वाचनः निर्विरोध घोषणाको माग गर्दै अनेरास्ववियुका उम्मेदवार उच्च अदालतमा

तनहुँ । चैत १ निर्वाचन समितिले त्रिविको निर्वाचन सम्बन्धि निर्देशिका उल्लंघन गरेको आरोप निर्विरोध निर्वाचित

स्ववियु निर्वाचनः भानुभक्त क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको गठबन्धन, नेविसंघ एक्लै मैदानमा

तनहुँ । फागुन २९ आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनको लागि शुक्लागण्डकी–५ बेलचौतारास्थित भानुभक्त