सहकारीको स्थापना दिवसको अवसरमा सामुदायिक विद्यालयलाई सहयोग

Devghat Online

शेयर गरौ

दमौली, असार ७

म्याग्दे गाउँपालिका-४ स्थित सुप्रिम वचत तथा ऋण सहकारी संस्थाकाे १५ अौं स्थापना दिवसको अवसरमा म्याग्दे गाउँपालिकाका ३ वटा सामुदायिक बिद्यालयलाई आर्थिक सहयोग गरिएको छ ।

सहकारीले सामाजिक उत्तरदायित्वकाे भावना अन्तर्गत म्याग्देका ३ वटा बिद्यालयलाई प्रति बिद्यालय ७ हजार ५ सयका दरले कुल २२ हजार ५ सय आर्थिक सहयोग गरेको सहकारीका अध्यक्ष मनाेज अधिकारीले बताए ।

यसरी सहयोग पाउने विद्यालयमा म्याग्दे -१ मा रहेको महेन्द्र माध्यमिक बिद्यालय , म्याग्दे -२ काे राधा माध्यमिक बिद्यालय र म्याग्दे- ४ काे मीन माध्यमिक बिद्यालय रहेको अधिकारीले बताए ।

सहकारीको स्थापनाकाे अवसरमा रक्तदान, स्वास्थ्य सिबिर लगायतका कार्यक्रम गर्दै आएकाेमा यसपटक बिद्यालयले बस खरिद गर्न लागेको हुँदा आर्थिक सहयोग गरेको सहकारीका उपाध्यक्ष भिमलाल श्रेष्ठले बताए । सहकारीले आफ्नाे मुख्य कार्यलय रहेको थर्पु तथा शाखा कार्यलय रहेको गुणादी सेवा केन्द्र बाट पहिलो सेवा लिने सेवाग्राहीलाई सम्मान गरेको सहकारीका व्यवस्थापक रमेश श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता

६ जना फसेको सूचना आएको भन्दै रास्वपा सांसद श्रीराम न्यौपाने चिलिमे हिँडे

काठमाडौं । भदौ २१ सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का इन्जिनियर सांसद श्रीराम न्यौपाने फेरि सुरुङ