खसी भन्दै बाख्रीको मासु बेच्ने विरुद्ध कालोबजारी मुद्धा

Devghat Online

शेयर गरौ

दमौली, असार ७

खसी भन्दै बाख्रीको मासु बच्ने तिन जना व्यापारीलाई कालोबजारी मुद्धा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय तनहुँले बुधबार उक्त घटनामा संलग्न तिन जना भारतीय नागरिकहरुलाई कालोबजार सम्बन्धी मुद्धा जिल्ला प्रशासन कार्यालय तनहुँमा दर्ता गरेको छ ।

व्यास नपा–३ स्थित माछा मासु बजारमा रहेको फिरोज मासु पसल सन्चालन गर्दै आएका भारत विहार राज्यको मोतीहारी जिल्लाका ५३ बर्षिय फिरोज देवान, उनका २० बर्षिय छोरा एजहर आलम र ३८ बर्षिय सनोज देवानको विरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले बुधबार जिल्ला प्रशासन कार्यालयमा मुलुकी फौजारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम तथा कालोबजार तथा अन्य केही सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम कालोबजारी मुद्धा दर्ता गरेको हो ।

आरोपितहरुले गत जेठ २२ गते आफ्नो मासु पसलमा बेच्नकोलागि काट्दै गरेको अवस्थामा स्थानिय बासिन्दा, व्यास नगरपलिका तथा भेटेनरी पशु चिकित्सकहरुको टोलीले बाख्रीको मासु बरामद गरेको थियो । उनीहरुले जेठ २१ गते साँझ ३ हजार २ सय रुपैयाँमा बाख्री किनेर ल्याई जेठ २२ गते बिहान बधशालामा लगी काटेर भुँडी निकालेर ल्याएका थिए । पसलमा मासु छुट्याउने क्रममा स्थानीय बासिन्दाले देखी व्यास नगरपालिकामा खबर गरेका थिए ।

बाख्रीको मासु सहित पक्राउ परेका तिनै जना आरोपितलाई जिल्ला प्रहरी कार्यालयमा थुनामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता

देवघाट कलेजको विकास र भावी योजनाबारे बृहत् छलफल, साझा सम्पत्तिका रूपमा अघि बढाउन जोड

देवघाट । भदौ २१ देवघाटमा उच्च शिक्षाको अवसर सुनिश्चित गर्ने उद्देश्यले स्थापित देवघाट सामुदायिक कलेजको