देवघाट, असार ८
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम स्थापना दिवसको अवसरमा देवघाट गाउँपालिकामा घन्टी बजाएर मनाईएको छ ।
ृ
पार्टीको स्थापना दिवसको अवसरमा देवघाटका कार्यकर्ताहरुले भेला भएर ७७ पटक घन्टी बजाएका थिए । रास्वपा देवघाटका संयोजक बलबहादुर क्षेत्रीले पार्टी स्थापनाको पहिलो वर्षमा नै जनताको मन जित्न सफल भएको बताए । उनले आगामी दिनमा पनि यस्तै साथ र सहयोग गर्न आह्वान गरे ।