गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

Devghat Online

शेयर गरौ

दमौली, असार ८ 

गोरखामा जन्ती बोकेको जिप दुर्घटना भएको छ ।

सहिद लखन गाउँपालिका-३, सिलिङ, मनकामनामा शुक्रबार बिहान प्रदेश ३-०३-०२३ च २४२७ नम्बरको बोलेरो जिप सडक बाट अ. २०० मि. तल खस्दा ५ जना को मृत्यु भएको छ भने १२ जना घाइते भएको छ ।

जन्ती बोकेको बोलेरो जिपमा दुलहा दुलही सहित १९ जना सवार कोटगाउँ बाट पोखरी डाडा जादै गर्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपि लिलाराज लामिछानेले जानकारी दिए । घटना स्थलमा उद्वारका लागि नेपाली सेना र सशस्त्रको टोलि समेत पुगेको प्रहरीले जनाएको छ ।

घाइतेहरुमध्य सबैजना सहिदलखन ५ पोखरीडाँडाका रहेका छन् ।

स्थानीय लालु थापाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । सोही ठाउँ निबासी सुरज राना, नरबहादुर थापा, दोषबहादुर थापा, होमबहादुर राना, सन्दीपा राना, सुरज थापा, चन्द्र थापा, कुलबहादुर राना, लक्ष्मी थापा, मनिका राना, प्रतीक रानाको आँबुखैरेनीस्थित आँबुखैरेनी अस्पतालमा उपचार गरिएको र दुई जना सकुशल रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो