उज्यालो घरलाई औषधी व्यवसायी संघ तनहुँद्धारा फर्निचर सहयोग

Devghat Online

शेयर गरौ

दमौली, असार १०

नेपाल औषधी व्यवसायी संघको ५० औँ स्थापना दिवसको अवसरमा औषधी व्यवसायी संघ तनहुँले उज्यालो घरलाई आइतबार फर्निचर सहयोग गरेको छ । देशव्यापि रुपमा संघको स्थापना दिवस मनाइरहदा जिल्ला शाखा तनहुँले पनि व्यास १० बैरेनी स्थित उज्यालो घरलाई सहयोग गरि स्थापना दिवस मनाएको हो ।

संघले बालबालिकाको कपडा र किताब राख्न मिल्ने काठको २ थान ¥याक हस्तान्तरण गरेको छ । एक कार्यक्रमको आयोजना गरि उज्यालो घरका अध्यक्ष सागर घिमिरेलाई उक्त सहयोग सामग्री हस्तान्तरण गरिएको संघले जनाएको छ ।

सोही अवसरमा औषधी व्यवसायीहरुले उज्यालो घरका बालबालिकाको स्वास्थ्य परिक्षण, औषधी लगायतका सेवा निशुल्क उपलब्ध गराउने सामूहिक प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै नेपाल औषधी व्यवसायी संघ गण्डकी प्रदेश सदस्य दमोदर भण्डारीले उज्यालो घरमा आश्रित बालबालिकाको आवश्यकता र माग अनुसार नै सहयोग उपलब्ध गराएको बताए । हरेक वर्ष संघले आफ्नो स्थापना दिवसको अवसरमा विभिन्न सामाजिक काम गर्दै आएको स्मरण गर्दै उनले सहयोग निरन्तर रहने प्रतिवद्धता समेत व्यक्त गरे । साथै उनले प्राप्त सहयोगको सदुपयोग र संरक्षण गर्न आग्रह गरे ।

नीजि अस्पताल एसोसिएसन तनहुँका अध्यक्ष चुडामणि दाहलले सहारा विहीन बालबालिकालाई सहयोग गर्न पाएकोमा खुशी लागेको बताए । साथै आफुहरु आवद्ध रहेका सबै संघसंस्थाबाट सहयोगको पहल गर्ने प्रतिवद्धता समेत उनले व्यक्त गरे ।

कार्यक्रममा औषधी व्यवसायी एवम् उद्योग बाणिज्य संघ दमौली बजार इकाईका पूर्व अध्यक्ष राजकुमार श्रेष्ठ ‘राकु’ले बालबालिकाको स्वास्थ्य उपचारमा संघले सहयोग गर्ने बताए । साथै अन्य ठाउँबाट सहयोग प्राप्त हुने वातावरण बनाउन पनि लागिपर्ने बताए ।

नेपाल औषधी व्यवसायी संघ तनहुँका सदस्य रामचन्द्र अधिकारीले बालबालिकालाई आश्रय दिएर उज्यालो घरले उत्कृष्ट कार्य गरेको बताए । उज्यालो घरको सुख दुखमा आफु बिगतबाटै जोडिएको पनि उनले चर्चा गरे ।

संघका अध्यक्ष दयाराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत गर्दैै उज्यालो घरका अध्यक्ष घिमिरेले सहयोगप्रति आभार व्यक्त गरे । विभिन्न दाताहरुको साथले नै बालबालिकाको उज्यालो भविष्य निर्माण अभियानमा आफु लागि परेको उनले बताए । ४ वर्ष अघि सञ्चालनमा आएको उज्यालो घरमा हाल ७ जना बालबालिका आश्रित छन् । कार्यक्रम नेपाल औषधी व्यवसायी संघका सचिव ऋषिकान्त गिरीले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको